back
CTIZAN AD

कथा: घाईते

वि.सं.२०७७ फागुन ८ शनिवार

1.1K 

shares

रातभरि मुसलधारे पानी परिरह्यो । त्यस्तो अवस्थामा म झिम्मीक्क सुत्नु सकिन । सुतिनन मेरी अन्तरी पनि । मन भरि पिर आज चाहि घर भित्रै पुरिएर सकिने रहेछौ हामी लागिरह्यो । कति सुत्ने प्रयत्न गरे । तर असफल बने । ठ्याक्कै आँखामा निन्द्रा आएन एउटै कुरा त्यतिबेला मनमा भने भय लागिरहेको थियो । एक घर थियो, पुरानो । अर्को घर मुनि भिर थियो । त्यसैले हो कि नासिन्छ कि त बाँचिन्छ भन्ने भयले उकुस मुकुस लागिरह्यो । यतिकै रात ढल्दै गयो । तर हुरि पानी भने रोकिएकै थिएन ।

भाले बिस्नु थाल्यो र बिस्तारै मिर्मिरे उज्यालो देखापर्नु थाल्यो । मेरो मनभरि उकुसमुकुस घर वरिपरि चिहाउनु मन लाग्यो । अनि चाँडै म उठें खाटबाट । त्यतिबेला विचरी अन्तरी चहि भुसुक्कै निदाएछिन् ।

यतिबेला भने पानी थामिसकेको थियो । हावा मन्द मन्द चलिरह्यो चलिरह्यो केही बेरसम्म। म भने उठेर मुख नधोई घर वरिपरि घुमे घर ठिकै छ । छानु पनि ठिकै त छ, भान्सा घरको नयाँ तिरपल चाहिँ ह्वाङ्गहुङ्ग बाङ्गबुङ्ग पारिदिएछ र भान्साघर भित्र सिमसार बनेछ । हतार -हतार पानी फेके। फाटेको तिरपाल दुःख गरि मिलाईवरी भान्साघरमा ओड़ाईदिए । त्यतिबेला सम्म छिमेकीहरू सबै उठी आ-आफ्नै घरहरू जाँचीरहेको थियो ।

ओल्लो घर पल्लो घर सबै ठिकै रहेछ । तर माथिल्लो गाउँको मनेको घर मुनि पर्खाल धस्कीएर बिजोगै परेछ । तल्लो गाउँको श्यामेको घरमा सिलटुम्बुरको रुखै घर्लप्पै पसेर विपाद गरेछ । धन्न मान्छे बाँचेछ । अरे भनी दुःखद कुरा सुनेर म पनि कुदेर गए । श्यामेको घरतिर साँच्चै हो त रहेछ । आधा रुखले घर थिचिरहेको रहेछ ।
केही क्षणमा गाउँले झुप्पा झुप्पा पर्छ । सबैजना तल्लो गाउँ र माथिल्लो गाउँ कुदिहिड़छ । मैले कुरै नबुझे पछि मेरो छेउमा उभिरहेको छिमिकी मामालाई सोधें–’हन ! मामा किन यति साह्रै कुदेको नि केटाहरू’  । बिचरा मामाले पनि निःस्वार्थ झ्वाट्टै उत्तर दिईहाल्छन् ‘भान्जो ! हिजो रातभरिको हावा पानीले क-कसको कति कति क्षति भयो यही बिर्चानु लेखाजोखा गर्नु विभागीय मान्छे र राजनीतिक नेताहरू आएको छन् अरे र आ-आफ्नो रिपोर्ट पुराउनु जाँदैछन् । बरू जाऊ भान्जो तिमी पनि यसो कुरा बुझ कतै अलिकति सहयोग मिल्छकी ।’ मात्रै भनेको थियो । कि मलाई त झनक्क रिस पो उठ्यो मामाको कुराले त्यसै माथि पहिलै देखि राजनितिकरणले पिल्सिएर घाईते परेको मन आगो बनिहाल्यो र रोकिएन मुखको शब्दहरू झोकिएर भन्दै थिए मामालाई- ‘क्या ! त मामा मेरो नाम उनिहरुको डायरीमा हेरोस् न । घर जाँची बिचारी गएको चार- चार पटक भयो चार -चार पटक । यि नाप्पेर पाए त ।’ भन्दै आफ्नै अनुहार लोबारे पनि । अझै भन्दै थिए त्यहि पुरानो घर नरहे ओत छैन ।

दुई हात नजोड़े पुग्दैन आफ्नु त । पार्टी र फाउण्ड भनेको त चतुरेहरूको लागि हो मामा। अब घर अथवा सहुलियत पाउनु भनेको हामी गरिबको थोत्रे सपना मात्र हो नि । आजसम्म जति जनाले पायो काखी चेपुवाहरूले पो पायो त । अबको जमानामा केही पाउनुलाई ठुलो ठाली आफ्नो मान्छे हुनु पर्छ क्या त मामा। नत्र आश गरेरै बुड़ो होइन्छ । आश गरेरै मरिन्छ पनि । पाउने त उनिहरुकै मान्छे अघिल्लो लहरमा छ जहिले पनि । हामी सोझोले उनिहरूबाट पाउने भनेको नै घरभित्रै पुरिएर मरेपछि पाउने सन्तवनाको थुप्रो हो । र मरेपछि एक मुठ्ठी माटो । मुर्दा बनेपछि त क्या त मामा साथ नरूचाउनेले पनि मलामीको लस्कर भई हिड़ीदिन्छन् । अब हामी गरिबीको को साथ छ र ? नपत्याए उ माथि मेरो बुड़ो घर हेर त जहाँ को त्यही जस्तोको तेस्तै नाप्पेर दियो त तेस्को बाजे । थुईया जिन्दगी हामी कस्तो आसे । हगी मामा ! कति आशे ?– यति भनेर म गएँ आफ्नै बाटो लुखुर लुखुर मामा भने चुप लागेर ट्वाल्ल परि हेरि पठाउँन् । म गएकै दिशा तिर मेरो शरीर ओझल नपरेसम्म…….।।

वि.सं.२०७७ फागुन ८ शनिवार ०६:१४ मा प्रकाशित

कविता : आमा तिमी इश्वर

कविता : आमा तिमी इश्वर

अलख निरन्जन लोहार टीकापुर , कैलाली हाल : भारत आमा...

चारु

चारु

डा. ठाकुर माेहन श्रेष्ठ,काठमाडौँ झुटो आरोप नलगाऊनु हतारमा पत्याउनेको कमी...

झिल्का कविताहरू

झिल्का कविताहरू

बाबुराम गौतम, गुल्मी १. सपना नछोड्नू कहिल्यै ताकेको लक्ष्य छुट्नसक्छ...

सुसेली : आदिकविमा समर्पित

सुसेली : आदिकविमा समर्पित

रामप्रसाद अधिकारी अजिरकोट ३ , गोरखा १ भानुका कुरा गर्नुपर्छ...

गजल

गजल

रमा खतिवडा,पोखरा खोज्छ हाँस्दै रम्न सकभर जिन्दगी बन्छ हरपल दु:खको...

कविता : हे भानु आऊ अब

कविता : हे भानु आऊ अब

विदुर अधिकारी,रामपुर, चितवन जन्म्यौ भानु असार मास दिनको, उन्तीस जाँदा...