back
CTIZAN AD

गजल

वि.सं.२०७७ फागुन ८ शनिवार

1K 

shares

सत्ता र भत्ताकै लागि हानथाप, मारामार छ
आमा छोरी बेची खाने तयारीमा अत्याचार छ ।

तै चुप मै चुप ! अतिसार लाग्ने गरी घिचे नि
राष्ट्रको बिकास गर्छु भन्ने जति अंशियार छ ।

सत्यबादी बन्दै खान्छन् सपथ देश बनाउँने
हात्ती बिटो देखे, भुल्ने चलन अपरम्पार छ ।

भरोसा गर्न लायक भएनन् कोही राजनेता
तब समाधान बिनाको समस्या असम्भार छ ।

जति लोलोपोतो घस राष्ट्रसेवक मै हुँ भन्दै
निर्क्यौल सबैको गिद्दे नजर बालुवाटार छ ।

वि.सं.२०७७ फागुन ८ शनिवार ०६:१५ मा प्रकाशित

कविता : आमा तिमी इश्वर

कविता : आमा तिमी इश्वर

अलख निरन्जन लोहार टीकापुर , कैलाली हाल : भारत आमा...

चारु

चारु

डा. ठाकुर माेहन श्रेष्ठ,काठमाडौँ झुटो आरोप नलगाऊनु हतारमा पत्याउनेको कमी...

झिल्का कविताहरू

झिल्का कविताहरू

बाबुराम गौतम, गुल्मी १. सपना नछोड्नू कहिल्यै ताकेको लक्ष्य छुट्नसक्छ...

सुसेली : आदिकविमा समर्पित

सुसेली : आदिकविमा समर्पित

रामप्रसाद अधिकारी अजिरकोट ३ , गोरखा १ भानुका कुरा गर्नुपर्छ...

गजल

गजल

रमा खतिवडा,पोखरा खोज्छ हाँस्दै रम्न सकभर जिन्दगी बन्छ हरपल दु:खको...

कविता : हे भानु आऊ अब

कविता : हे भानु आऊ अब

विदुर अधिकारी,रामपुर, चितवन जन्म्यौ भानु असार मास दिनको, उन्तीस जाँदा...