back
CTIZAN AD

तपाईको आज शनिबारको राशिफल भन्छ-आज यी ६ राशिकालाई हुनेछ विशेष फाइदा !

वि.सं.२०७७ फागुन २२ शनिवार

576 

shares

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति छ । अरूका काममा धेरै समय खर्चनुपर्ला । विगतका समस्या बल्झिन सक्छन् । सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ला। बुद्धिको उपयोगले मात्र समस्या सुल्झाउन सफल भइनेछ । अरूको भर पर्दा काम अधुरो रहन सक्छ । फजुल खर्च बढ्ने र आर्थिक क्रियाकलापमा बाधा पुग्ने देखिन्छ ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
घुमफिर तथा मनोरञ्जनको समय छ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ । भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ । आफन्तसँग सुमधुर सम्बन्धका लागि विशेष ध्यान पुर्याउनुहोला । समस्या पर्दा शुभचिन्तकहरूको साथ जुट्नेछ । काममा चुनौती सामना गर्नुपरे पनि स्थितिलाई सहज बनाउन सकिनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
व्यवसायमा अपेक्षित फाइदा उठाउन नसकिएला । ईर्ष्यालु मन भएकाहरूले सताउन सक्छन् । आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन् । वादविवादबाट जोगिँदै समयको गतिलाई पछ्याउने प्रयत्न गर्नुहोला । सहयोगीहरूले हात झिक्नाले कामको भार बढ्नेछ । विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला । सञ्चित रकम खर्च गर्नुपर्ने आवश्यकता पर्न सक्छ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आँटले सजिलै लक्ष्यमा पुर्याउनेछ । सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । सन्तान वा अनुयायीको साथले हिम्मत जगाउनेछ । दिगो फाइदा हुने काम सम्पादन हुनेछ । शुभचिन्तकहरूले साथ दिनेछन् । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । आफ्नो प्रतिभाको कदर हुनेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ । दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ । अरूको व्यवहारले शंका उब्जाए पनि शुभचिन्तकहरूको साथ प्राप्त हुनेछ । कृषि तथा पशुधनले मनग्गे फाइदा दिनेछ। पहिलेका कमजोरीलाई सुधार गर्ने मौका छ । प्रयत्न गर्दा लक्ष्य प्राप्ति हुनेछ । दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बनाउन सकिनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउनेछ । साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला । परिस्थितिवश केही चुनौती देखा पर्नेछन् । चिताएका काम योजना बनाएर प्रारम्भ गर्दा फाइदा हुनेछ । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । मिहिनेतले राम्रो प्रतिफल दिलाउनेछ । शत्रुहरू पनि किनारा लाग्नेछन् । चुनौती पन्छाएर काम बनाउन सकिनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
मिहिनेत परे पनि सोचेको नतिजा हातलागी नहुन सक्छ । परिबन्धले काममा बाधा पुर्याउला । आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन् । अध्ययनतर्फ धेरै समय जुट्न नसकिएला । समयमा वचन पुर्याउन नसक्ता आलोचित भइनेछ । द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ। वादविवादले काममा बाधा पुर्याउनेछ । आयस्रोत कमजोर रहने समय छ ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् । रचनात्मक काम बन्नुका साथै मनग्गे धन आर्जन हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ । विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । विगतका कमीकमजोरीलाई सुधार गर्ने मौका छ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ । परिवारजनबाट टाढिनुपर्ला । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन् । तापनि, समस्या पर्दा सहयोग गर्नेहरू भेटिनेछन् । खर्च लागे पनि दिगो फाइदा हुने काम फेला पर्न सक्छ । चुनौती पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ । टाढाका साथीभाइको निम्तो प्राप्त हुने समय छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
मिहिनेतले आम्दानी बढाउनेछ । आयस्रोत बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुपालनमा सामान्य र व्यापारमा प्रशस्त फाइदा हुने समय छ । दिगो फाइदा हुने काम प्राप्त हुन सक्छ । श्रमको उचित मूल्यांकन होला । नयाँ काम थालनी हुन सक्छ । प्रयत्न गर्दा नाम, दाम र इनाम हातलागी हुन सक्छ । प्रतिफल हातपार्न केही समय भने लाग्नेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
सामान्य कामलाई पनि निकै मिहिनेत पर्नेछ । अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला । आँटेको काम स्थगित हुनाले मन खिन्न हुनेछ । तापनि, मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ । सामाजिक नेतृत्व हातलागी हुनेछ। व्यापार बढ्नेछ । प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ । आफन्तजनको सहयोग जुट्नेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन् । भाग्यले विभिन्न अवसर जुराउनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । मिहिनेत गर्दा पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ । टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ । सामाजिक काममा रुचि बढ्नेछ । अभाव हट्नुका साथै दाम, नाम र इनाम प्राप्त हुनेछ । धार्मिक र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ ।

२०७७ फागुन २२ गते, शनिवार,( ६ मार्च २०२१)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

आज शुक्रबार, राशिफल हेरेर सुरु गर्नुहोस् तपाईको आजको दिनको सुरुवात !

वि.सं.२०७७ फागुन २२ शनिवार ०७:३३ मा प्रकाशित

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

काठमाडौँ । चन्द्रागिरी–११, सतुङ्गलस्थित जेसिस इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलमा बाह्रौँ...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...

१२औँ अन्तर्राष्ट्रिय योग दिवस विशाल मिलन वैज्ञानिक योग केन्द्रले मनायाे

१२औँ अन्तर्राष्ट्रिय योग दिवस विशाल मिलन वैज्ञानिक योग केन्द्रले मनायाे

काठमाडौं । १२औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा काठमाडौंस्थित विशाल मिलन...