back
CTIZAN AD

राष्ट्रपतिले आज प्रमुख दलका शिर्ष नेताहरुसँग छलफल गर्ने

वि.सं.२०७७ चैत ३ मंगलवार

771 

shares

३ चैत, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज प्रमुख दलका शिर्ष नतोहरुसँग मुलुकको पछिल्लो अवस्थाबारे छलफल गर्ने भएकी छन् ।

राष्ट्रपति भण्डारीले पछिल्लो समयमा दलहरुबीच बढ्दै गएको तिक्तता तथा मुलुकको आन्तरिक समस्यालाई समझदारीबाट हल गर्नका लागि शिर्ष नेताहरुसँग छलफल गर्ने बताइएको छ ।

राष्ट्रपति कार्यालयका अनुसार आज दिउँसो ४ बजेका लागि शितलनिवासमा हुने उक्त छलफलमा पूर्वप्रधानमन्त्री तथा संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका शिर्ष नेताहरुको सहभागिता रहनेछ ।

छलफलमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राप्रपा, मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चाका शिर्ष नेताहरुलाई बोलाइएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा विघटन भएपछि सर्वोच्च अदालतले त्यसलाई पुर्नस्थापनासँगै नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई व्युँताइदिएपछि मुलुकमा राजनीतिक संकट झन गहिरिदै गएको अवस्थामा राष्ट्रपतिको यो कदमलाई दलहरुबीच समझदारी बढाएर मुलुकलाई सहि ट्रयाकमा लैजान महत्वपूर्ण भूमिका खेल्ने विश्लेषण गरिएको छ ।

 

वि.सं.२०७७ चैत ३ मंगलवार ०८:४९ मा प्रकाशित

उपत्यकाको सवारी जाम खुलाउने गुरुयोजना सार्वजनिक

उपत्यकाको सवारी जाम खुलाउने गुरुयोजना सार्वजनिक

काठमाडौँ । काठमाडौं उपत्यकाको बढ्दो सवारी चाप, ट्राफिक जाम र...

राष्ट्रियसभाको बैठक सुरु

राष्ट्रियसभाको बैठक सुरु

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठक सुरु भएको छ । राष्ट्रियसभाको...

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साह...

कृषि विकास बैंकको नाफा घट्यो, वितरणयोग्य नाफा १ अर्ब २६ करोड

कृषि विकास बैंकको नाफा घट्यो, वितरणयोग्य नाफा १ अर्ब २६ करोड

काठमाडौँ । कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको वित्तीय...

सामुदायिक विद्यालयका शिक्षकको तलब कसको कति पुग्यो ?

सामुदायिक विद्यालयका शिक्षकको तलब कसको कति पुग्यो ?

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८३/ ८४ को बजेटमार्फत घोषणा...

नविल बैंकको नाफा ३३ प्रतिशतले बढ्यो, सबै वित्तीय सुचकमा उल्लेखनीय सुधार

नविल बैंकको नाफा ३३ प्रतिशतले बढ्यो, सबै वित्तीय सुचकमा उल्लेखनीय सुधार

काठमाडौँ । नविल बैंकको आर्थिक वर्ष २०८२/२०८३ को वित्तीय विवरण...