back
CTIZAN AD

पहिलो टि-२० मा अफगानिस्तानको विशाल जित, रासिद खानको घातक बलिङ्ग

वि.सं.२०७७ चैत ५ बिहीवार

714 

shares

५ चैत, काठमाडौँ । अफगानिस्तान र जिम्बाबे बिच यूएईमा भएको पहिलो टि-२० मा अफगानिस्तानले ४८ रनको विशाल जित हात पारेको छ ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको अफगानिस्तानले २० ओभरमा ५ विकेट गुमाएर १९५ रन बनाएको थियो । ब्याटिङ्गमा अफगानिस्थानका लागि रहमानुल्लाह गुर्बाजले सर्वाभिक ८७, कप्तान असगर अफगानले ५६ र करीम जनतले २६ रन बनाएका थिए भने जिम्बाबेका लागि बलिङ्गमा रिचर्ड नगारावा र मुजाराबानीले सर्वाधिक २/२ विकेट हात पारेका थिए ।

१९६ रनको विशाल लक्ष्य पछाएको जिम्बाबेले २० ओभरमा ७ विकेट गुमाएर १५० रन मात्र बनाउन सक्यो । जिम्बाबेका लागि तिन्नासे कामुनहुकाम्वेले सर्वाधिक ४४ रन बनाएका थिए । यता बलिङ्गमा अफगानिस्तानका लागि रासिद खानले ४ ओभरमा २८ रन खर्चेर सर्वाधिक ३ विकेट हात पारेका थिए । त्यसैगरी फरीद मलिक र करीम जनतले पनि २/२ विकेट हात पार्न सफल भएका थिए ।

पहिलो टि-२० जित हासिल गरेसँगै अफगानिस्थानले ३ खेलको टि-२० श्रृखलामा १-० ले अग्रता लिएको छ ।

वि.सं.२०७७ चैत ५ बिहीवार १०:१५ मा प्रकाशित

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले नेपाली खेलकुद...

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

काठमाडौं । त्रियोग हाइ स्कुलको आयोजनामा छैटौँ त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता...