
८ चैत्र, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले मौसममा आउने बदलीका कारण सर्तकता अपनाउन आग्रह गरेको छ ।
विभागले हाल सुदुर पश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागहरूका साथै प्रदेश १ र प्रदेश २ का भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ् सहित वर्षा गराउने बादल विकसित भई रहेकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको हो ।
हाल सुदुर पश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागहरूका साथै प्रदेश १ र प्रदेश २ का भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही थोरै स्थान हरूमा मेघ गर्जन चट्याङ् सहित वर्षा गराउने बादल विकसित भई रहेकोले आवश्यक सतर्कता अपनाउनु होला। @NDRRMA_Nepal pic.twitter.com/GDJxK34yEr
— Nepal Weather Forecast (@DHM_Weather) March 21, 2021