back
CTIZAN AD

पर्वत निवासी रिमाल परिवारलाई क्षतिपूर्ति उपलब्ध

वि.सं.२०७७ चैत ८ आइतवार

684 

shares

८ चैत्र, भारत । प्रवासी नेपाली संघ भारतको पहलमा पर्वत मोदी गाउँपालिका वार्ड नं ६ तिलाहारका ५७ का बलराम रिमालको परिवारलाई क्षतिपूर्ति उपलब्ध भएको छ ।

लामो समयदेखि दक्षिण भारत पाण्डिचेरीको हिन्दुस्तान यूनीलिबर लिमिटेड कम्पनिमा कार्यरत रिमालको सन् १९ मार्च २०१७ मा बाटो क्रस गर्दा मोटरसाइकल दुर्घटनामा परी दुःखद निधन भएको थियो ।

हालै भएको अदालतको फैसला अनुरूप पीड़ितपक्षलाई क्षतिपूर्ति स्वरूप भारू २१,८६,७८६ (एक्काईस लाख छयासी हजार सातसय छयासी भारु) प्राप्त भएको छ ।

रिमालको निधनपछि पीड़ित परिबारजनहरूको तर्फबाट प्रवासी नेपाली संघ भारतका महासचिव टिका पौडेलको सक्रिय पहलदमी र संघका पाण्डिचेरी नगर समिति कोषाध्यक्ष उमानन्द आचार्य, नगर समिति सदस्य तथा नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) भारत शाखा तमिलनाडु –पुदुचेरी संयुक्त राज्य समिति सदस्य श्रीमती साबित्रा आचार्यको सहयोगी भूमिकामा पिडितको क्षतिपूर्तिको लागि मुद्दा दायर गरिएको थियो ।

२० मार्च २०२१ को दिन एक समारोह बीच पीड़ित परिबारजन स्व.बलराम रिमालको धर्मपत्नी श्रीमती सरस्वती (मीना कुमारी) छोरा शंकर, बुहारी लक्ष्मीले प्रवासी नेपाली संघ भारतका नेता, कार्यकर्ताहरूले आफूहरुलाई पु¥याएको सामाजिक उद्दार, सहयोग र सहयोगी भूमिका प्रति धन्यबाद ब्यक्त गरेका छन् ।

रकम हस्तान्तरण समारोहमा संघका महासचिव टिका पौडेल, संघका केन्द्रीय सदस्य हीरामणि शर्मा, संघका केन्द्रीय सचिबालय सदस्य दुर्गा पौडेल लगायत संघका राज्य समिति सल्लाहकारद्वय श्रीमती लक्ष्मी पौडेल, श्रीमती जमुना पौडेल, संघको नगर समिति सदस्य तथा जिफन्ट राज्य सदस्य श्रीमती साबित्री आचार्य, पीड़ित परिबारका आफन्तजनहरु अर्जुन केसी, चन्द्रकान्त रिमाल, प्रेम शर्मा लगायतको उपस्थिति रहेको थियो ।

वि.सं.२०७७ चैत ८ आइतवार १७:१६ मा प्रकाशित

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

अमेरिकाको टेक्ससमा परिवार सहित बसोबास गर्दै आएका दिल रसाइली विगत...

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइना । नर्थ क्यारोलाइनाको आरटीपी (Research Triangle Park)...

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय अध्यक्ष डा....

मध्यपूर्वमा रहेका नेपालीलाई संयम अपनाउन राजदूतावासको आग्रह

मध्यपूर्वमा रहेका नेपालीलाई संयम अपनाउन राजदूतावासको आग्रह

काठमाडौं । कुवेतस्थित नेपाली राजदूतावासले मध्यपूर्व क्षेत्रमा बढ्दो सुरक्षा चुनौतीलाई...

एनआरएन ऐनलाई प्राथमिकताका साथ संसदमा लैजाने कानुनमन्त्री गौतमको प्रतिबद्धता

एनआरएन ऐनलाई प्राथमिकताका साथ संसदमा लैजाने कानुनमन्त्री गौतमको प्रतिबद्धता

काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमले गैरआवासीय...

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन) का अधिकार, नागरिकता ऐनको प्रभावकारी...