९ चैत, काठमाडौं । अष्ट ज अभियान नेपालको केन्द्रीय कार्यालयमा दुई व्यक्तित्वहरुको स्वागत गरिएको छ ।
२०३६ सालमा त्रिचन्द्र क्याम्पसको स्ववियू उपसभापति र ०४१ मा भक्तपुर क्याम्पसको सचिव हुँदै विद्यार्थी आन्दोलनबाट लामो समयसम्म राजनीतिमा बिताएका चुणामणि धमला (९८४२३४५६०३) तथा लामो समय नेपालको सरकारी सेवामा सिभिल इन्जिनियरको भूमिका पूरा गरेका र नेपालमा वालुवा र गिटी धुने प्लान्टको नयाँ प्रविधि एवं हाइड्रो लीक ट्याक्टर ट्रलिमा नविनतम प्रविधिको सुरुवात गराएका यज्ञराज अधिकारी (९८५६०२०६८५) लाई अष्ट ज अभियानको कार्यालयमा स्वागत गरिएको हो ।

सो अवसरमा स्वागत गरिएका व्यक्तित्व चुणामणि धमला र यज्ञराज अधिकारीले उत्पादनका लागि उत्पादनमैत्री वातावरण बनाउन ऐक्यबद्ध भएर लाग्नुपर्ने बताएका थिए भने अष्ट ज अभियानका तर्फबाट अध्यक्ष लोककृष्ण भट्टराई, नीलकण्ठ तिवारी र चन्दा थापाले स्वागत गरेका थिए ।
वि.सं.२०७७ चैत ९ सोमवार १६:१२ मा प्रकाशित






























