back
CTIZAN AD

एडिएसएल सेवाले काम नगर्दा सेवाग्राहीलाई समस्या

वि.सं.२०७७ चैत ९ सोमवार

621 

shares

९ चैत्र, सिमकोट । शनिबार साँझदेखि जिल्ला सदरमुकाम सिमकोटमा एडिएसएल सेवाले काम नगर्दा इन्टरनेट प्रभावित भएको छ ।

एडिएसएफ सेवा नहुँदा इन्टरनेट नभएर सेवाग्राहीलाई समस्या बनाएको छ । दैलेख र कालिकोटको बीचमा रहेको महाँबु लेकमा रहेको टावरमा खराबी आउँदा एडिएसएल सेवा सञ्चालनमा नआउँदा इन्टरनेट सेवा प्रभावित भएको नेपाल टेलिकम शाखा हुम्लाका प्रमुख शिवप्रसाद भट्टराईले जानकारी दिए ।

इन्टरनेट सेवा नहुँदा जिल्लामा सञ्चालित एक दर्जन बैंक तथा वित्तीय संस्थाको कार्य सञ्चालनमा बाधा पुगेको छ । साथै सिमकोटमा रहेका सरकारी तथा गैरसरकारी कार्यालयको काममा समस्या आएको छ । राष्ट्रिय वाणिज्य बैंकले भिस्याट सेवाबाट आफ्नो सेवा सञ्चालन गरेको भए पनि इन्टरनेट सेवा ढिलो गरी चल्ने हुँदा थप समस्या बनाएको छ । यस्तै जिल्लामा सञ्चालित अन्य बैंक तथा वित्तीय संस्थाको काम प्रभावित बनाएको छ ।

राष्ट्रियस्तरका मिडियामा जोडिएका जिल्लामा रहेर काम गर्ने सञ्चारकर्मीले शनिबार साँझदेखि समाचार सम्प्रेषण गर्न नपाएको भन्दै गुनासो गरेका छन् । शनिबार साँझदेखि काम गर्न छोडेको नमस्ते टेलिफोन सेवा आइतबारबाट सञ्चालनमा आएको भए पनि राम्रोसँग काम गर्न सकिरहेको छैन । महाँबु लेकमा प्राविधिकले मर्मत जारी राखेको जनाइएको छ । रासस

वि.सं.२०७७ चैत ९ सोमवार १६:२४ मा प्रकाशित

ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन

ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले खाना पकाउने...

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन...

नेकपाको नेतृत्वमा कर्णाली सरकार गठन हुने

नेकपाको नेतृत्वमा कर्णाली सरकार गठन हुने

कर्णाली । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी...

सुर्खेतमा ग्यास अभाव छैनः आयल निगम

सुर्खेतमा ग्यास अभाव छैनः आयल निगम

कर्णाली । नेपाल आयल निगम सुर्खेतले वीरेन्द्रनगरमा एलपी ग्यासको अभाव...

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

काठमाडौँ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोट बजारबाट स्रोत नखुलेको नगद...

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...