back
CTIZAN AD

शे–फोक्सुन्डोमा अनमोल र सुहानाको रोमान्स

वि.सं.२०७७ चैत १२ बिहीवार

744 

shares

काठमाडौं । भाद्र १८ गतेलाई रिलिज मिति तय गरिएको चलचित्र ‘ए मेरो हजुर ४’ शीर्ष गीतको छायाङ्कन सकिएको छ ।करिब १० दीन लगाएर गरिएको उक्त गीतको छायाङ्कन सकाएर निर्माण टिम आज काठमान्डौ फर्किएका छन् ।

डोल्पाको शे–फोक्सुन्डो तालमा सुट गरिएको भिडियोमा चलचित्रका मुख्य कलाकार अनमोल केसी र सुहाना थापा फिचर्ड छन् । भिडियोको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् । अब, चलचित्रको १० दिनको छायांकन बाँकी छ । काठमाडौँ र पोखरामा चलचित्रको छायांकन गरेपछि काम सकिने निर्माण पक्षले जानकारी गरेका छन्।

यो चलचित्रले प्रेमकथालाई नै उठान गरेको छ । चलचित्र ‘ए मेरो हजुर ३’मा रुचाइएका अनमोल र सुहाना चौथो सिरिजलाई लिएर दर्शक पनि उत्साहित छन् । सुनिलकुमार थापाको लगानीमा बनेको चलचित्रमा दीर्घ खड्काको सम्पादन, सञ्जय लामाको छायांकन, वसन्त सापकोटाको संगीत छ ।

वि.सं.२०७७ चैत १२ बिहीवार १४:५९ मा प्रकाशित

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

काठमाडौँ । असामान्य जोडीको कथामा आधारित रहेर चलचित्र ‘गौँथली’ तयार...

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...

म्याग्दीको सुन्दर गाउँ गुर्जामा  पहिलोपटक चलचित्र छायाङ्कन

म्याग्दीको सुन्दर गाउँ गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन

बेनी (म्याग्दी) । धवलागिरि गाउँपालिका–१ गुर्जामा पहिलोपटक चलचित्रको छायाङ्कन गरिएको...

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

  काठमाडौं । नेपाली चलचित्र बजारमा यसपटक अनपेक्षित रूपमा चलचित्र...

‘लालीबजार’ प्रदर्शनमा

‘लालीबजार’ प्रदर्शनमा

काठमाडौँ । चलचित्र ‘लालीबजार’ आजदेखि प्रदर्शनमा आएको छ । उच्च...