back
CTIZAN AD

कविता: ल्याएर ब्वाँसा अब

वि.सं.२०७७ चैत १४ शनिवार

813 

shares

त्यो रानी वनमा घुमेर सबले, दाह्रा तिखारे जब ।
हाम्रा यी मनका महान नभका, आशा हराए अब ।।
पस्यो ह्वात्त बनेर साँड जनको, उफ्र्यो बुरुक्क गरि ।
सस्तो यो सपना बनेर सबको, बस्यो थुचुक्क परि ।।

छायामा अब ती बसेका पुतली,धाएर आए पछि ।
के होला भन लौ असंख्य मनुवा, जागेर आए पछि ।।
आशाका बिज ती अतृप्त सपना, बोकेर हिँड्ने जति ।
इच्छा त्यो उसको भुलेर जसले, रोकेर भिड्ने कति ।।

देखायौ सपना उठेर जनमा, इच्छा हरायो सब ।
आएका किन हो फुटेर फगतै, ल्याएर ब्वाँसा अब ।।
खै के को बल यो भुलेर तल त्यो,नेतृत्व सस्ता भए ।
लाचारी गुटको गरेर गफ त्यो,सर्वस्व आफ्ना गए ।।

हाम्रा छन् जल ती नभुल्नु धरती,शाकार पार्ने हुँदा ।
राम्रा छन् हिमशैल श्वेत चुचुरा, आकार उस्तै छुँदा ।।
बाचा ती नभुले कसैगरि यहाँ,फालेर आफ्नो खति ।
गर्दै जा अब ब्यर्थ भन्नु नपरोस्, ल्याएर राम्रो मति ।।

पीडा त्यो नबुझे बसेर जगमा,उत्पात मच्चाउँदा ।
चाहाना नभुले अकाट्य प्रणमा,आएर सँच्याउँदा ।।
नेपाली धरती कुँदेर पथमा,ऊ पुग्न सक्ने थियो ।
जागौँ है अब ता जुटेर सब यो,मासेर दुर्घन्ध त्यो ।।

छन्दःशार्दूलविक्रीडित

 

वि.सं.२०७७ चैत १४ शनिवार ०६:५० मा प्रकाशित

चारु

चारु

भगवती दवाडी, झापा मनभित्र उज्यालो रोप नपाल अब डर सत्यको...

सुसेली

सुसेली

अमृता रामदाम, भरतपुर २, चितवन समय घाती आयु पनि नपुग्दै...

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कनकधारा स्वामी स्वदेशानन्द गुवाहाटी,असम ढाँटेकै मात्र पत्यायो मेरो जाति समाजले,...

असार १५ विशेष झिल्का कविता

असार १५ विशेष झिल्का कविता

ईश्वर साउँद(भिक्षु) रामाराेशन गापा ६ अछाम सदूरपश्चिम प्रदेश १ असारै...

कविता : पीडाका अगुल्टाहरू

कविता : पीडाका अगुल्टाहरू

भुवन शिवाकोटी “चौघरे”, काठमाडौँ बन्दुक बोकाएर लगेका मेरा बा फर्किएनन्...

गजल

गजल

अनुराग अरुण, लुभु , ललितपुर तिमी याद आयौ भने के...