त्यो रानी वनमा घुमेर सबले, दाह्रा तिखारे जब ।
हाम्रा यी मनका महान नभका, आशा हराए अब ।।
पस्यो ह्वात्त बनेर साँड जनको, उफ्र्यो बुरुक्क गरि ।
सस्तो यो सपना बनेर सबको, बस्यो थुचुक्क परि ।।
१
छायामा अब ती बसेका पुतली,धाएर आए पछि ।
के होला भन लौ असंख्य मनुवा, जागेर आए पछि ।।
आशाका बिज ती अतृप्त सपना, बोकेर हिँड्ने जति ।
इच्छा त्यो उसको भुलेर जसले, रोकेर भिड्ने कति ।।
२
देखायौ सपना उठेर जनमा, इच्छा हरायो सब ।
आएका किन हो फुटेर फगतै, ल्याएर ब्वाँसा अब ।।
खै के को बल यो भुलेर तल त्यो,नेतृत्व सस्ता भए ।
लाचारी गुटको गरेर गफ त्यो,सर्वस्व आफ्ना गए ।।
३
हाम्रा छन् जल ती नभुल्नु धरती,शाकार पार्ने हुँदा ।
राम्रा छन् हिमशैल श्वेत चुचुरा, आकार उस्तै छुँदा ।।
बाचा ती नभुले कसैगरि यहाँ,फालेर आफ्नो खति ।
गर्दै जा अब ब्यर्थ भन्नु नपरोस्, ल्याएर राम्रो मति ।।
४
पीडा त्यो नबुझे बसेर जगमा,उत्पात मच्चाउँदा ।
चाहाना नभुले अकाट्य प्रणमा,आएर सँच्याउँदा ।।
नेपाली धरती कुँदेर पथमा,ऊ पुग्न सक्ने थियो ।
जागौँ है अब ता जुटेर सब यो,मासेर दुर्घन्ध त्यो ।।
५
छन्दःशार्दूलविक्रीडित
वि.सं.२०७७ चैत १४ शनिवार ०६:५० मा प्रकाशित






























