back
CTIZAN AD

कविता: बारुद

वि.सं.२०७७ चैत १४ शनिवार

954 

shares

सानो छ्दा म
बुद्ध जस्तै थिएँ रे !

बिस्तारै बिस्तारै
आस्थाले मस्तिष्कमा
घोलिदियो गन्धक जस्तै तीखो हरक

बिस्तारै बिस्तारै
सत्ताले अस्तित्वलाई
बनाई दियो सोडा जस्तै धुलो क्षार

बिस्तारै बिस्तारै
थिचेर तहगत संरचनाले
कोइला जस्तै बनाई दियो सुन्दर पहिचान

जब पढायो
विज्ञानले आगोको समीकरण
हिट+अक्सिजन+फ्युल=“फायर“

घोलिहेरें
आस्था, सत्ता र संरचनाबाट प्राप्त
गन्धक, सोडा र कोइला एकै ठाउँ

ओहो !
गन्धक, सोडा र कोइलाको समिश्रणले
म त बनिसकेको पो रहेछु बिस्फोटक– बारुद

पराकाष्ठामाछ विभेदको घर्षण
बिस्फोट हुन तमतयार छ बारुद

समयले मागे बलिदान
यो बिस्फोटक बारुद
अब हाँसीहाँसी सहिद हुन सक्छ ।

 

वि.सं.२०७७ चैत १४ शनिवार ०६:५२ मा प्रकाशित

चारु

चारु

भगवती दवाडी, झापा मनभित्र उज्यालो रोप नपाल अब डर सत्यको...

सुसेली

सुसेली

अमृता रामदाम, भरतपुर २, चितवन समय घाती आयु पनि नपुग्दै...

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कनकधारा स्वामी स्वदेशानन्द गुवाहाटी,असम ढाँटेकै मात्र पत्यायो मेरो जाति समाजले,...

असार १५ विशेष झिल्का कविता

असार १५ विशेष झिल्का कविता

ईश्वर साउँद(भिक्षु) रामाराेशन गापा ६ अछाम सदूरपश्चिम प्रदेश १ असारै...

कविता : पीडाका अगुल्टाहरू

कविता : पीडाका अगुल्टाहरू

भुवन शिवाकोटी “चौघरे”, काठमाडौँ बन्दुक बोकाएर लगेका मेरा बा फर्किएनन्...

गजल

गजल

अनुराग अरुण, लुभु , ललितपुर तिमी याद आयौ भने के...