back
CTIZAN AD

पाँच मुक्तक

वि.सं.२०७७ चैत १४ शनिवार

2.4K 

shares

(१)
छोरी जन्मिई खुशी भए, ठुली बनाए बढाएर
सक्षम पारे ज्ञानी पारे, भने जस्तै पढाएर
आफ्नै आँगन पोली, उस्को गोत्र अन्तै सारि
रुदै रुदै पठाउदै छु , उसलाई डोली चढाएर …

(२)
छोराले बशं चलाउछ भनी, समाजमा भ्रम छर्नेहरु
छोरी लाई भार सम्झी, गर्भमै हत्या गर्नेहरु
आजकल बृद्ध आश्रममा, बसेर पछुताई रहेछन्
छोरी होईन छोरै पाउभनि, ईश्वरको शरण पर्नेहरु…

(३)
एउटा राम्रो सन्देश लेखी, पठाउ त्यो ठाउँमा
काम गर्ने सङ्घ सस्था , खटाउ त्यो ठाउँमा
छाउगोठ भित्र अझै कति, चेलीबेटी मर्न दिने
सबै मिली त्यस्तो प्रथा , हटाउ त्यो ठाउँमा ….

(४)
आफ्नी छोरी जस्तै प्रिय, बुहारी पनि सोचिदिए
छोरिको भाब बुहारिकै, अनुहार मा खोजिदिए
पक्कै पनि सुन्दर बन्छ, हाम्रो सामजिक परिबेश्
बुहारी बिधवा हुँदा, फेरि असल वर रोजिदिए …

(५)
म जानि जानि दुःख दिन्न, कहिल्यै तिम्रो आँशु झार्दिन
जस्तै संकट आओस मायाँमा, पाईला अन्त सार्दिन
मेरो आराधाना तपस्या तिमी, यो जन्म अनि जन्मान्त
म जिउँदै हुँदा सम्म तिमीलाई,कहिल्यै एक्लो पार्दिन…

वि.सं.२०७७ चैत १४ शनिवार ०६:५४ मा प्रकाशित

चारु

चारु

भगवती दवाडी, झापा मनभित्र उज्यालो रोप नपाल अब डर सत्यको...

सुसेली

सुसेली

अमृता रामदाम, भरतपुर २, चितवन समय घाती आयु पनि नपुग्दै...

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कनकधारा स्वामी स्वदेशानन्द गुवाहाटी,असम ढाँटेकै मात्र पत्यायो मेरो जाति समाजले,...

असार १५ विशेष झिल्का कविता

असार १५ विशेष झिल्का कविता

ईश्वर साउँद(भिक्षु) रामाराेशन गापा ६ अछाम सदूरपश्चिम प्रदेश १ असारै...

कविता : पीडाका अगुल्टाहरू

कविता : पीडाका अगुल्टाहरू

भुवन शिवाकोटी “चौघरे”, काठमाडौँ बन्दुक बोकाएर लगेका मेरा बा फर्किएनन्...

गजल

गजल

अनुराग अरुण, लुभु , ललितपुर तिमी याद आयौ भने के...