back

कविता: माया भन्ने चीजै त्यस्तो !

वि.सं.२०७७ चैत १४ शनिवार

138 

shares
NTC AD
Global IME AD

मायाको जालो हो तिम्रो, प्रेम यौटा बहाना ।
प्यारो टालो अर्कै तिम्रो, प्रीत कस्तो जमाना ।।
सानो सानो बातै झर्को, गीत मीठो जवानी ।
आलोपालो कस्तो लर्को, रीत कस्तो चलानी ।।१।।

द्यौरालीमा भेटें मैले, बात गर्ने कुरामा ।
मीठा मीठा गरें बातै, घात पार्ने बुरामा ।।
छायाँ हेर्दै काँपे आजै, पात झार्ने मुनामा ।
माया गर्दै सोधेँ साँझै,छाँट हेर्दै कुनामा ।।२।।

स्वार्थी माया बुझ्दै जाँदा, आँत गर्ने स्वभाव ।
छायाँ पारी बस्दै जाँदा, हेर कस्तो प्रभाव ।।
दोटा लाई यौटै पार्दा, हुन्न त्यस्तो अभाव ।
माया भन्ने चीजै त्यस्तो, राख राम्रो सुभाव ।।३।।

इन्द्रेणीको सातै राम्रो, रङ्ग मीठो बिहान ।
वर्षा कालै जम्दै आयो, लाग्छ रङ्गै निशान ।।
वर्षा पूर्वै छाएमा त्यो,हुन्छ वर्षा चिनारी ।
वर्षा पश्चात् आएमा त्यो, रोक्छ कतै विचारी ।।४।।

छन्द – चित्रा

 

वि.सं.२०७७ चैत १४ शनिवार ०६:४९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कविता : आत्मनिर्भर देवचूलीको, सभ्यता छ विशाल

कविता : आत्मनिर्भर देवचूलीको, सभ्यता छ विशाल

फर्शुराम भूर्तेल, पैयुँ ५, पर्वत (हाल देवचुली-१५, नवलपुर)  सुन्दर भूमि...

हे मातृभूमि..गजल श्रव्यदृश्य सार्वजिनक

हे मातृभूमि..गजल श्रव्यदृश्य सार्वजिनक

काठमाडौँ । नेपाली साहित्य परिषद्को आयोजनामा कविशिरोमणि लेखनाथ पौड्यालद्वारा रचित...

कविता : लिङ्ग

कविता : लिङ्ग

अर्जुन वेदना राई, इलाम ‘बालिका बलात्कारपछि हत्या’ सृष्टिको अभिन्न अङ्ग...

गजल

गजल

लक्ष्मी प्रसाद फुयाल मोरङ पथरी, शनिश्चरे पत्थर हुँदैछ यो दिल...

कविता : एक मुट्ठी जिन्दगी

कविता : एक मुट्ठी जिन्दगी

निरूविन्दु परियार, कालेबुङ, भारत निद्राबाट बिउँझिना साथ एक अञ्जुली सपना...

कोपिला

कोपिला

गणेश लोहनी, काठमाडौं १. पिलिएर पाक्न थाल्यो घाउ जिन्दगीको आफ्नै...