back
CTIZAN AD

कविता: माया भन्ने चीजै त्यस्तो !

वि.सं.२०७७ चैत १४ शनिवार

756 

shares

मायाको जालो हो तिम्रो, प्रेम यौटा बहाना ।
प्यारो टालो अर्कै तिम्रो, प्रीत कस्तो जमाना ।।
सानो सानो बातै झर्को, गीत मीठो जवानी ।
आलोपालो कस्तो लर्को, रीत कस्तो चलानी ।।१।।

द्यौरालीमा भेटें मैले, बात गर्ने कुरामा ।
मीठा मीठा गरें बातै, घात पार्ने बुरामा ।।
छायाँ हेर्दै काँपे आजै, पात झार्ने मुनामा ।
माया गर्दै सोधेँ साँझै,छाँट हेर्दै कुनामा ।।२।।

स्वार्थी माया बुझ्दै जाँदा, आँत गर्ने स्वभाव ।
छायाँ पारी बस्दै जाँदा, हेर कस्तो प्रभाव ।।
दोटा लाई यौटै पार्दा, हुन्न त्यस्तो अभाव ।
माया भन्ने चीजै त्यस्तो, राख राम्रो सुभाव ।।३।।

इन्द्रेणीको सातै राम्रो, रङ्ग मीठो बिहान ।
वर्षा कालै जम्दै आयो, लाग्छ रङ्गै निशान ।।
वर्षा पूर्वै छाएमा त्यो,हुन्छ वर्षा चिनारी ।
वर्षा पश्चात् आएमा त्यो, रोक्छ कतै विचारी ।।४।।

छन्द – चित्रा

 

वि.सं.२०७७ चैत १४ शनिवार ०६:४९ मा प्रकाशित

चारु

चारु

भगवती दवाडी, झापा मनभित्र उज्यालो रोप नपाल अब डर सत्यको...

सुसेली

सुसेली

अमृता रामदाम, भरतपुर २, चितवन समय घाती आयु पनि नपुग्दै...

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कनकधारा स्वामी स्वदेशानन्द गुवाहाटी,असम ढाँटेकै मात्र पत्यायो मेरो जाति समाजले,...

असार १५ विशेष झिल्का कविता

असार १५ विशेष झिल्का कविता

ईश्वर साउँद(भिक्षु) रामाराेशन गापा ६ अछाम सदूरपश्चिम प्रदेश १ असारै...

कविता : पीडाका अगुल्टाहरू

कविता : पीडाका अगुल्टाहरू

भुवन शिवाकोटी “चौघरे”, काठमाडौँ बन्दुक बोकाएर लगेका मेरा बा फर्किएनन्...

गजल

गजल

अनुराग अरुण, लुभु , ललितपुर तिमी याद आयौ भने के...