१६ चैत, काठमाडौं । पार्टी विरोधी गतिबिधि गरेको भन्दै नेकपा एमाले अर्घाखाँचीका माधव समूहका तीन नेतालाई पार्टी सदस्य समेत नरहने गरी काबारही गरिएको छ ।
पार्टी कार्यालयको सोमबार सन्धिखर्कमा बसेको बैठकले पार्टी हित विपरित गएर समानान्तर कमिटी गठन गर्दै गएको भन्दै पार्टी सदस्य समेत नरहने गरी तीन नेतालाई कारबाही गरिएको एमाले अर्घाखाँचीका अध्यक्ष चेतनारायण आचार्यले बताएका छन् ।
कारबाहीमा पर्नेमा एमालेका जिल्ला सचिवालय सदस्य रामबहादुर चौहान, संविधान सभाका सदस्य तथा पार्टी संगठित सदस्य डा. दुमनसिंह थापा र सिद्धिप्रसाद भुसाल रहेका छन् ।
‘चैत १६ गते बसेको पार्टी जिल्ला कार्यालय बैठकले पार्टी हित विरोधि विभाजनकारी गतिबिधिमा संलग्न भएको ठहर गरी पार्टी जिल्ला किमटी सचिवालय सदस्य राम बहादुर चौहान, (मालारानी ५) पार्टी संगठित सदस्य डा. दुमन सिंह थापा (सन्धिखर्क ६) र पार्टी संगठित सदस्य सिद्धी प्रसाद भुसाल (सन्धिखर्क १) लाई पार्टी विधानको धारा ४९ (ख) अनुसार पार्टी संगठित सदस्यता समेत नरहने गरि पार्टीबाट निष्कासन गरिएको छ । ’ विज्ञप्तिमा भनिएको छ ।

वि.सं.२०७७ चैत १६ सोमवार १५:३८ मा प्रकाशित






























