back
CTIZAN AD

एनआरएनएले दियो पर्वतारोहण क्षेत्रमा काम गर्नेहरुलाई मानसिक स्वास्थ्य सम्बन्धि तालिम

वि.सं.२०७७ चैत १६ सोमवार

741 

shares

१६ चैत, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पर्वातारोहण क्षेत्रमा कार्यरत नेपाली श्रमिकहरुका लागि मानसिक स्वास्थ्य सम्बन्धि विशेष तालिम दिएको छ ।

संघ अन्तर्गत वैदेशिक रोजगार तथा कल्याणकारी विभाग, महिला तथा युवा विभाग र स्वास्थ्य समितिको संयुक्त समन्वयमा सञ्चालन भएको उक्त तालिम कार्यक्रममा पर्वातारोहण संघ सम्वद्ध ३९ जनाले सहभागिता जनाएका थिए ।

कार्यक्रमको उद्घाटन सत्रमा संघका उपाध्यक्ष एवं वैदेशिक रोजगार तथा कल्याणकारी विभागका संयोजक डा.बद्री के.सी.ले कोभिड–१९ का कारणले मानसिक समस्याले गर्दा वैैदेशिक रोजगार लगायतका क्षेत्रमा कार्यरत श्रमिकहरुलाई नकारात्मक असर पारेको पाइएको बताउँदै सोही कुरालाई मनन गर्दै मानसिक स्वास्थ्य सम्बन्धि विशेष तालिमको अवधारणा ल्याइएको र हालसम्म विभिन्न चरणमा भर्चुअल माध्यमबाट तालिम सञ्चालन भइरहेको बताए ।

विशेष गरेर पर्वातारोहण संघसँगको सहकार्यमा साहसिक नेपाली पर्वातारोही श्रमिकहरु तथा पर्वातारोहण क्षेत्रका अन्य व्यक्तिहरुका लागि यो तालिमले व्यक्तिगत रुपमा मात्रै नभई उनीहरुका परिवार तथा समाजलाई समेत फाइदा पुगिरहेको डा केसीको भनाई थियो ।

केसीले संघले कोभिड–१९ का कारणले प्रभावित नेपाली श्रमिकहरुलाई विभिन्न गन्तव्य देशहरुमा र नेपाल फर्केपछि पनि राहत तथा उद्दारका लागि सहयोग पु¥याएको जानकारी गराए ।

यस्तै संघका अर्का उपाध्यक्ष एवं महिला तथा युवा विभागकी संयोजक रविना थापाले कोरोनाले सबै क्षेत्रमा आर्थिक एवं सामाजिक रुपमा समेत असर परेको र पर्वतारोहण एवं टे«किङ व्यवसायमा समेत असर परेको बताइन् । तालिमले सो क्षेत्रमा संलग्न व्यक्तिहरुलाई सहयोग पुग्ने बताउँदै मानसिक स्वास्थ्यका सम्बन्धमा नेपाल सरकारको ध्यानाकर्षण हुनुपर्ने थापाको भनाई थियो ।

यस्तै संघका स्वास्थ्य समितिका संयोजक डा.सञ्जीव सापकोटाले संघले टेलिहेल्थको माध्यमबाट देश विदेशमा रहेका नेपालीहरुलाई सहयोग पु¥याउनका लागि पहल गरिरहेको जानकारी गराए ।

कार्यक्रममा नेपाल पर्वातारोहण संघका महासचिव कुलबहादुर गुरुङ्गले गैरआवासीय नेपाली संघ र नेपाल पर्वातारोहण संघको सहकार्यमा यस्ता किसिमका कार्यक्रम गर्दै जाने बताए ।

प्रसिद्ध साहसी पर्वातारोही माया गुरुङ्ग तथा अन्य यस क्षेत्रसँग सम्बन्धित सबै सहभागीहरुले तालिम अत्यन्त फलदायी रहेको र आगामी दिनमा पनि संघबाट यस प्रकारको सहयोगको अपेक्षा राखेको धारणा राखेका थिए ।

तालिम कार्यक्रममा डा.विजय ज्ञवाली तथा माधव खतिवडाले मानसिक स्वास्थ्य, तनाव एवं आत्महत्या रोकथाम जस्ता विषयमा प्रशिक्षण गराएका थिए ।

कार्यक्रममा खेलकुद विभागका सचिव धर्मराज गिरीको समेत उपस्थिति रहेको थियो । कार्यक्रमलाई कार्यक्रम व्यवस्थापक राजेन्द्र कुमार राउतले संयोजन एवं सहजीकरण गरेका थिए ।

वि.सं.२०७७ चैत १६ सोमवार १६:१८ मा प्रकाशित

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

काठमाडौँ, २३ जेठ – सामाजिक सुरक्षा कोषमा यही जेठ २० गतेसम्म...

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

काठमाडौँ, २३ जेठ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा...

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...