काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल र उपाध्यक्ष भिम रावल पार्टी सदस्यबाट निलम्बनमा परेका छन् । पार्टीले सोधेको स्पष्टिकरण चित्त नबुझेको भन्दै उनिहरुलाई निलम्बन गरिएको हो ।
बरिष्ठ नेता नेपाल र रावललाई आफ्नो क्रियाकलाप सच्याएर पार्टीका पक्षमा काम गर्न अनुरोध गरिएको छ । ुतपाईंलाई सच्चिनका लागि यो अन्तिम मौका हो । आफ्ना विचार र क्रियाकलापहरू सच्याइ पार्टीका पक्षमा आएमा पार्टीले निलम्बन अवधिको बीचमा पनि निलम्बनको अवधि घटाउने निर्णय गर्न सकिने र सच्चिन दिएको मौकालाई पार्टीको कमजोरी ठानी पार्टी विरोधी गतिविधिहरू कायमै राखेमा निलम्बन अवधिको बीचैमा थप कारबाही गर्न सकिने व्यहोरासमेत जानकारी गराइन्छ,ु पार्टीको तर्फबाट दुवै नेतालाई पठाइएको पत्रमा भनिएको छ ।
ुतपाईंले पार्टी एकतालाई विखण्डन गर्ने, पार्टी फुटाउने, पार्टीभित्रको सहकार्य र सद्भावलाई क्षतविक्षत पार्ने गरी निरन्तर अवैधानिक गुट भेला तथा पार्टीका कुभलो चिताउनेहरूसँग निरन्तर बैठक, भेटघाट गर्ने र उनीहरूको पक्षपोषण गर्ने कार्य निरन्तर गरिरहनु भइ उक्त कार्यलाई निरन्तरता दिने स्वीकारोक्ति सहित अहंकार र आत्म केन्द्रीत कुराहरू उल्लेख गरी स्पष्टीकरणको जवाफ दिएको देखियोु, माधव नेपाललाई लेखिएको पत्रमा भनिएको छ ।
नेता नेपाल र रावलले स्पष्टीकरणको जवाफमा प्रतिप्रश्न गर्दै ओली स्वयं पार्टी विधि, विधान र संविधानको खिलाफमा गएकाले ओली कारवाहीको भागीदार किन नबन्ने भनेर प्रश्न गरेका थिए ।