back
CTIZAN AD

निलम्वन अस्वीकार गर्दछु, मैदान छाडेर पनि भाग्दिन –नेता नेपाल

वि.सं.२०७७ चैत १७ मंगलवार

804 

shares

१७ चैत्र, काठमाडौँ । नेकपा(एमाले)का वरिष्ठ नेता माधव कुमार नेपालले आफूलाई निलम्बन गरिएको कुरा अस्वीकार गरेका छन् ।

सामाजिक सञ्जालमा टिव्ट गर्दै उनले आफू र उपाध्यक्ष डा भीम रावललाई निलम्वन गरिएको भन्ने कुरालाई अस्विकार गर्ने जनाएका हुन् । उनले विधान विपरित एकपक्षीय रुपमा गरिएका निर्णयहरु अमान्य भएको र त्यसका आधारमा बनाइएको स्वघोषित महाधिवेशन आयोजक कमिटिका अध्यक्षलाई कार्वाही गर्ने कुनै अधिकार नभएको बताएका छन् ।

्उनले भनेका छन् ‘विधान विपरित एकपक्षीय रूपमा गरिएका फाल्गुण २८ गतेका निर्णयहरू अमान्य भएको र त्यसको आधारमा स्वघोषित महाधिवेशन आयोजक कमिटिको अध्यक्षलाई कार्वाही गर्ने कुनै अधिकार नभएको स्पष्ट पार्दछु । ’

उनले पार्टी पंक्तिका नेता तथा कार्यकर्ताहरुलाई स्वेच्छाचारिता र अतिवादका विरुद्धमा दृढतापूर्वक लाग्न र प्रतिवाद गर्न अपिल गरेका छन् ।
‘नीति, बिधि, नैतिकता, मुल्य, मान्यता र मापदण्डको पक्षमा दृढतापूर्वक उभिनुभएका सबै नेता कार्यकर्ताहरूलाई कतिपनि विचलित नभई सबैखाले अतिवाद, स्वेच्छाचारिता र गलत प्रवृत्तिका विरूध्दमा दृढतापूर्वक लाग्न र प्रतिवाद गर्न हार्दिक अपिल गर्दछु ।’
उनले मैदान छाडेर नभाग्ने समेत बताएका छन् ।

‘टुक्रा टुक्रामा विभाजित कम्युनिष्ट आन्दोलनलाई एकिकृत, विस्तार र विकास गरेको हामीले हो, यसको रक्षा पनि हामीले नै गर्ने हो, मैदान छोडेर भागिने छैन, नेकपा (एमाले) हामीले निर्माण गरेको पार्टी हो, नवौं महाधिवेशनमा हाम्रो नीति पास भएको हो, अतःनिराश होइन दृढ बनेर कम्युनिष्ट आन्दोलनको रक्षा गरौं ।’

वरिष्ठ नेता नेपालको यो टिव्टलाई शेयर गर्दै अर्का नेता डा. भिम रावलले पनि प्रतिकात्मक आफूहरु माथि गरिएको निलम्बन अस्विकार गर्ने जनाउ दिएका छन् । उनले  भनेका छन् ‘केपी शर्मा ओलीको तानाशाही निर्णय अस्वीकार्य छ।’


सोमबार पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता नेपाल तथा नेत भिम रावलले पार्टी विपरित कार्य गरेको भन्दै ६ महिनाका लागि निलम्बन गरेको पत्र पठाएका थिए ।

माधव नेपाल र भीम रावल पार्टी सदस्यबाटै निलम्बन

वि.सं.२०७७ चैत १७ मंगलवार ०७:५३ मा प्रकाशित

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

काठमाडौँ, २३ जेठ – सामाजिक सुरक्षा कोषमा यही जेठ २० गतेसम्म...

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

काठमाडौँ, २३ जेठ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा...

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...