
१७ चैत, गोरखा । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनाल पक्षले गोरखामा पनि समानान्तर कमिटी विस्तार गरेको छ ।
पार्टीका केन्द्रीय सदस्य पिएल श्रेष्ठको प्रमुख आतिथ्यतामा सोमबार सम्पन्न जिल्ला भेलाले ६४ सदस्यीय जिल्ला समानान्तर कमिटी कमिटी गठन गरेको हो ।
जिल्ला भेलाले यादव बस्नेतको नेतृत्वमा गठन गरेको कमिटीको सचिवालय सदस्यहरुमा कट्टेल, टेकराज भट्ट, सानुमाया बस्नेत, कृष्णमान श्रेष्ठ, रज्मदिन मिया, नारायणध्वज खड्का, सिताराम बुढाथोकी, कल्पना कुवँर, प्रदीप क्षेत्री, द्रोण तिमिल्सिना, अमृत काराखेती, भोला श्रेष्ठ र गिरीधारी सापकोटा लगायत रहेका छन् ।
नेपाल खनाल पक्षले यसअघि पनि अर्घाखाँचीमा सामानान्तर कमिटी गठन गरिसकेका छन् ।
समानान्तर कमिटी गठन गरेर पार्टी हित विपरित कार्य गरेको भन्दै केपी ओली समूहले एमाले अर्घाखाँची जिल्ला सचिवालय सदस्य रामबहादुर चौहान, संविधानसभाका सदस्य तथा पार्टी संगठित सदस्य डा. दुमनसिंह थापा र सिद्धिप्रसाद भुसाललाई पार्टी सदस्य समेत नरहने गरी सोमबार कारबाही गरेको थियो ।
अर्घाखाँचीमा एमालेको माधव समूहका तीन नेतालाई पार्टीबाट निष्कासन