
१९ चैत, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले सर्वोच्च अदालतले देशको समग्र परिवर्तन र राजनीतिलाई गलत दिशातिर धकेल्न खोजेको बताएको छ ।
सर्वोच्चले फागुन २३ गते पार्टीको सम्बन्धमा गरेको आदेशको पुनरावलोकन नगर्ने भन्दै आज गरेको निर्णय पहिलेको आदेश झै राजनीतिक कदमकै निरन्तरताको अर्को कडी रहेको पार्टीका प्रवक्ता तथा नेता नरायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले बताएका छन् ।
सर्वोच्च अदालतले २०७७।११।२३ मा हाम्रो पार्टीको सम्बन्धमा गरेको आदेशको पुनरावलोकन नगर्ने भनी आज गरेको निर्णय पहिलेको आदेश…
Posted by Narayan Kaji Shrestha on Thursday, April 1, 2021
‘सर्वोच्च अदालतले २०७७।११।२३ मा हाम्रो पार्टीको सम्बन्धमा गरेको आदेशको पुनरावलोकन नगर्ने भनी आज गरेको निर्णय पहिलेको आदेश झैं राजनीतिक कदमकै निरन्तरताको अर्को कडी हो,’ नेता श्रेष्ठले भनेका छन्, ‘यो गलत निर्णयप्रति हाम्रो तिब्र असहमति छ । अदालतले देशको समग्र परिवर्तन र राजनीतिलाई गलत दिशामा धकेल्न खोज्दैछ । जागौं ।’
फागुन २३ गते गरेको फैसलाका विरुद्ध पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार पुनरावलोकनको निवेदन दिएकोमा सर्वोच्च अदालतले त्यसको सुनुवाइ अस्वीकार गरेको थियो ।