१.
अतृप्त प्रेम
लयहिन संगीत
मनको हुरी ।
२.
जीवनमोह
रातको शीतकण
शान्त बिहानी ।
३.
मानवदेह
चेतना र प्रकाश
धुलो खरानी ।
४.
यौवनवय
मधुर अनुराग
झरेको फूल ।
५.
जीवन स्पर्श
प्रकृति बिम्बबोध
हाइकु शान ।
६.
लालची नेता
अप्राकृतिक मेल
माटोको आँसु ।
७.
प्रेम कहानी
अग्निपथको यात्रा
मानिस यात्री ।
८.
जन्म र मृत्यु
धर्ती रङ्गशाला
कलाकार म ।
९.
गरीबमारा
पद र कुर्सीमोह
धमिलो पानी ।
१०.
आमा र बाबा
जीवनका छहारी
धर्ती आकाश ।
वि.सं.२०७७ चैत २१ शनिवार ०५:४८ मा प्रकाशित





























