back
CTIZAN AD

कविता: मलाई हली चाहिएको छ

वि.सं.२०७७ चैत २१ शनिवार

1.1K 

shares

गोरूको बहर दाउने हैन
सिङ्गो देशका जनता दाउने
जसलाई जोतेर
धर्तिमातामा राटाहरू मेटाउने
उर्वरायुक्त जमिन
सधै अनाज उमार्ने
देशको माटोमा
मलाई हली चाहियो ।

सबै साँडेहरू झै
मातिएका छन् जनता
रोजगार छैन्
पिता पुर्खाले आर्जेको धर्ति
चौपट्ट बाँझो छ
तिघ्रेहरू यत्रतत्र भौतारिएका छन्
त्यसैले राष्ट्रको उर्वरा गर्न
चिम्टिएको माटोलाई
रुवा जस्तै फुर्फुराउदो पार्ने
मलाई हली चाहियो ।

धमिराहरूले पनि माटोलाई
खुकुलो पार्न सकेनन्
आजकलका धमिराहरू
पहिला जस्तो खुकुलो पार्न सक्दैनन्
कोच्चिएर र चेप्टिएर बसेका छन्
आफ्नै मौनतामा आवाज दविएर
लालची र लाचारी बनेका छन्
हो ! मेरो चञ्चलतामा अब
मलाई हली चाहियो ।

गड्यौला युक्त कृतिम मल झै
स्वस्थ र फुर्तिलो बनाउने
रोग निरोधक खाना
देशमा चम्किएको राजनीतिक
क्यान्सर हटाउन धर्तिमा
युरिया र डिएपिले किटिएको माटोमा
राजनीतिले रोगिएको भुँई आमैमा
भ्रष्टाचारका राटा मेटाउने
हो ! मलाई साच्चिकै
मेरो देश बनाउन गोरु दाउने
हली चाहिएको छ ।

वि.सं.२०७७ चैत २१ शनिवार ०५:५८ मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

बाबुराम गौतम, गुल्मी १. महङ्गीले छोयो आकाश गरिबले सजाएका सपना...

कविता : मातृशक्तिमा हजार लाख वन्दना

कविता : मातृशक्तिमा हजार लाख वन्दना

कृष्णप्रसाद पौडेल ''जस्ताधरे'' विदुर - ४, बट्टार, नुवाकोट अनेक श्रेष्ठ...

चारु

चारु

मन्दा पौडेल, काठमाडौँ शाश्वत छ,न त ऊ हार मान्छ,न कोहीसँग...

सुसेली

सुसेली

सुशीला पौडेल, कोटेश्वर १ आमाको माया हुनेछैन कहिल्यै कसैमा छाया...

गजल

गजल

सुधिर थापा, कुपन्डोल , ललितपुर जीवन तब हाैसिन्छ पुगे आस...

गजल

गजल

डा. ठाकुर मोहन श्रेष्ठ, काठमाडौँ काटेर जराे मस्त चलाेस् भन्नु...