back
CTIZAN AD

लघुकथा: अप्रेल फूल

वि.सं.२०७७ चैत २१ शनिवार

735 

shares

बिहानीको ब्यस्तताले मोबाइलको छैवमा पुगेको छुइनँ ।

बल्ल समय पाएपछि यसो मोबाइलमा आँखा लगाएँ । दश मिस कल बसेको रहेछ । नाम उनको नै रहेछ । हतार हतारमा फोन लगाएँ । रिङ लामो भयो । तर उठेन । फेरि दोस्रो पटक फोन लगाएँ । अहिले भने उनीले उठाइन् ।

मैले सधैं झै – ‘लव यु काली’ भने । उ त आज कडा बोलीमा मसित रिसाएर बोली–‘हन ! दश–दश पटक फोन लगाउँदा नउठाउने । कति कपटी गर्नु पनि आ’को । ‘मलाई नै माया गर्छु भन्छ तर ? भन्दै उ चुपचाप बसी ।

मैले नरम भएर नै सोधे–‘काली के भयो ? म त तिमीलाई नै माया गर्छु त ! किन तिमीलाई यो तर ? भित्र के पायो ?’

मेरो कुरा काटी उसले ओठे जवाफ दिइ – ‘यो तरभित्र हजुरको अर्को प्रेमिका ?’

म छक्क परेँ । मैले फेरि अलिक रिसाएको बोलीमा सोधें – ‘कसले भन्छ ? आफू दाँत देखाउँदै हिजो आउँदै गरेको भूल्यो ? ‘हैट, काली, तिम्रो कसम म कसैसित हिँडेको छुइनँ । तिम्रो कसम ।

‘भो झूठो कसम बेसी खानु पर्दैन । नचिनेको विष्ठ हो र ?’– भनेर उसले फेरि कुरा थपी ।

यतिबेलासम्म मेरो रिसको पारा शीरमा चढिसकेको थियो । मैले रिसाएर उसलाई भने–‘उसोभए, चाँडो भन्दा चाँडो देखाउ ? नत्र ठीक हुँदैन अब तिम्रो र मेरो माझमा !

यतिबेला उ मरीमरी हाँस्दै भन्छ – ‘हैट ! हजुर त कति साह्रो रिसाउनु भैहालेको नी ।’ मैले बिचैमा कुरा काटेर भनी हाले– ‘किन नरिसाउनु काली । खाएको विष पो लाग्छ । नखाएको विष कसरी लाग्छ ।’

‘ऐ यसो पो हजुर ।’ फेरि मुरीमुरी हाँस्दै भन्छे – ‘हन ! आज फस्ट अप्रेल भनेर थाहा छैन ? आज झुक्याउने दिन ।’ यो सुनेर म आफूलाई भित्रभित्रै कुरीकुरी लागेर आयो । भो काली फोन राख मैले भने ।

उसले फेरि भनि – ‘सरी है हजुर ।’ मैले पनि ‘हुन्छ’ भन्दै उसलाई अब फोन राख ।’
‘हवस’– भनेर उसले फोन राखी । मैले पनि मोबाइल राखेर आफूले आफूलाई मनमनै हाँस्दै भनिरहे– ‘म पनि आज त अप्रेल फूल भएछु नी ।’

वि.सं.२०७७ चैत २१ शनिवार ०५:५६ मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

बाबुराम गौतम, गुल्मी १. महङ्गीले छोयो आकाश गरिबले सजाएका सपना...

कविता : मातृशक्तिमा हजार लाख वन्दना

कविता : मातृशक्तिमा हजार लाख वन्दना

कृष्णप्रसाद पौडेल ''जस्ताधरे'' विदुर - ४, बट्टार, नुवाकोट अनेक श्रेष्ठ...

चारु

चारु

मन्दा पौडेल, काठमाडौँ शाश्वत छ,न त ऊ हार मान्छ,न कोहीसँग...

सुसेली

सुसेली

सुशीला पौडेल, कोटेश्वर १ आमाको माया हुनेछैन कहिल्यै कसैमा छाया...

गजल

गजल

सुधिर थापा, कुपन्डोल , ललितपुर जीवन तब हाैसिन्छ पुगे आस...

गजल

गजल

डा. ठाकुर मोहन श्रेष्ठ, काठमाडौँ काटेर जराे मस्त चलाेस् भन्नु...