
बिहानीको ब्यस्तताले मोबाइलको छैवमा पुगेको छुइनँ ।
बल्ल समय पाएपछि यसो मोबाइलमा आँखा लगाएँ । दश मिस कल बसेको रहेछ । नाम उनको नै रहेछ । हतार हतारमा फोन लगाएँ । रिङ लामो भयो । तर उठेन । फेरि दोस्रो पटक फोन लगाएँ । अहिले भने उनीले उठाइन् ।
मैले सधैं झै – ‘लव यु काली’ भने । उ त आज कडा बोलीमा मसित रिसाएर बोली–‘हन ! दश–दश पटक फोन लगाउँदा नउठाउने । कति कपटी गर्नु पनि आ’को । ‘मलाई नै माया गर्छु भन्छ तर ? भन्दै उ चुपचाप बसी ।
मैले नरम भएर नै सोधे–‘काली के भयो ? म त तिमीलाई नै माया गर्छु त ! किन तिमीलाई यो तर ? भित्र के पायो ?’
मेरो कुरा काटी उसले ओठे जवाफ दिइ – ‘यो तरभित्र हजुरको अर्को प्रेमिका ?’
म छक्क परेँ । मैले फेरि अलिक रिसाएको बोलीमा सोधें – ‘कसले भन्छ ? आफू दाँत देखाउँदै हिजो आउँदै गरेको भूल्यो ? ‘हैट, काली, तिम्रो कसम म कसैसित हिँडेको छुइनँ । तिम्रो कसम ।
‘भो झूठो कसम बेसी खानु पर्दैन । नचिनेको विष्ठ हो र ?’– भनेर उसले फेरि कुरा थपी ।
यतिबेलासम्म मेरो रिसको पारा शीरमा चढिसकेको थियो । मैले रिसाएर उसलाई भने–‘उसोभए, चाँडो भन्दा चाँडो देखाउ ? नत्र ठीक हुँदैन अब तिम्रो र मेरो माझमा !
यतिबेला उ मरीमरी हाँस्दै भन्छ – ‘हैट ! हजुर त कति साह्रो रिसाउनु भैहालेको नी ।’ मैले बिचैमा कुरा काटेर भनी हाले– ‘किन नरिसाउनु काली । खाएको विष पो लाग्छ । नखाएको विष कसरी लाग्छ ।’
‘ऐ यसो पो हजुर ।’ फेरि मुरीमुरी हाँस्दै भन्छे – ‘हन ! आज फस्ट अप्रेल भनेर थाहा छैन ? आज झुक्याउने दिन ।’ यो सुनेर म आफूलाई भित्रभित्रै कुरीकुरी लागेर आयो । भो काली फोन राख मैले भने ।
उसले फेरि भनि – ‘सरी है हजुर ।’ मैले पनि ‘हुन्छ’ भन्दै उसलाई अब फोन राख ।’
‘हवस’– भनेर उसले फोन राखी । मैले पनि मोबाइल राखेर आफूले आफूलाई मनमनै हाँस्दै भनिरहे– ‘म पनि आज त अप्रेल फूल भएछु नी ।’