back
CTIZAN AD

कविता: मृत्युको फूल

वि.सं.२०७७ चैत २१ शनिवार

909 

shares

कालो आकाशजस्तो विषालु फूल
एउटा क्रूर र निर्दयी मृत्युको फूल !

जीवनका सुन्दर बगैँचाहरूमा
फुलिरहेका अगणित फूलहरूमाझ
सुटुक्क घुस्दो रहेछ
र, फुल्दो रहेछ
त्यही फूल
जसमा देखिन्न जीवनको उच्छवास
प्रतिपल आफूभित्रै साँचेर त्रास
आँसुका बीच पनि हाँस्ने
कालो आकाशजस्तो विषालु फूल
एउटा क्रुर र निर्दयी मृत्युको फूल !

एउटा भयानक विस्फोटझैँ
भान्सामा पाक्दै गरेका स्वादिला परिकार
बगैँचामा फक्रँदै गरेका सुकोमल कोपिला
हावामा फैलँदै गरेको मन्दमन्द सुवास
र, अविराम गुन्जिरहने नदीको गीत
सब सब लाटो हुनेगरी एकनास
गुन्जिँदो रहेछ मृत्युसङ्गीत
त्यही फूल
कालो आकाशजस्तो विषालु फूल
एउटा क्रुर र निर्दयी मृत्युको फूल !

वेगहीन शान्त तलाउमा
अचानक तरङ्ग पैदा भएझैँ
अथवा सागरमा ज्वारभाटा चलेझैँ
जब मृत्युले बिथोलिन्छ जीवनको गति
तब झ्याप्प निभ्छ आशाको उज्यालो बत्ती
र धप्प बल्छ निर्दयी कालको अँध्यारो गति
त्यही फूल
कालो आकाशजस्तो विषालु फूल
एउटा क्रुर र निर्दयी मृत्युको फूल !

एउटा भयानक विस्फोटझैँ
भान्सामा पाक्दै गरेका स्वादिला परिकार
बगैँचामा फक्रँदै गरेका सुकोमल कोपिला
हावामा फैलँदै गरेको मन्दमन्द सुवास
र, अविराम गुन्जिरहने नदीको गीत
सब सब लाटो हुनेगरी एकनास
गुन्जिँदो रहेछ मृत्युसङ्गीत
त्यही फूल
कालो आकाशजस्तो विषालु फूल
एउटा क्रुर र निर्दयी मृत्युको फूल !

जब,
मृत्युका फूल फुल्नेछन् बगैँचामा
तब,
रोकिएझैँ लाग्छ समयमा गति
बास्नाहीन लाग्छ फूलमा सुगन्ध
ज्योतिहीन लाग्छ जून र आकाश
कान्तिहीन लाग्छ घाममा प्रकाश
रङ्गहीन बन्नेछन् नौरङ्गी सपना
अचानक बन्द हुनेछन् मृदु सङ्गीत
र, जताततै फुल्नेछन् निराशाका फूल
त्यही फूल
कालो आकाशजस्तो विषालु फूल
एउटा क्रु्र र निर्दयी मृत्युको फूल !

वि.सं.२०७७ चैत २१ शनिवार ०५:५१ मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

बाबुराम गौतम, गुल्मी १. महङ्गीले छोयो आकाश गरिबले सजाएका सपना...

कविता : मातृशक्तिमा हजार लाख वन्दना

कविता : मातृशक्तिमा हजार लाख वन्दना

कृष्णप्रसाद पौडेल ''जस्ताधरे'' विदुर - ४, बट्टार, नुवाकोट अनेक श्रेष्ठ...

चारु

चारु

मन्दा पौडेल, काठमाडौँ शाश्वत छ,न त ऊ हार मान्छ,न कोहीसँग...

सुसेली

सुसेली

सुशीला पौडेल, कोटेश्वर १ आमाको माया हुनेछैन कहिल्यै कसैमा छाया...

गजल

गजल

सुधिर थापा, कुपन्डोल , ललितपुर जीवन तब हाैसिन्छ पुगे आस...

गजल

गजल

डा. ठाकुर मोहन श्रेष्ठ, काठमाडौँ काटेर जराे मस्त चलाेस् भन्नु...