‘किसान र साहित्यकार’ हुबहु हुन् !
खेतको जिन्दगी जोतेर फसल उमार्छन् किसानहरू
जिन्दगीको खेत रोपेर शब्द उमार्छन् साहित्यकारहरू
किसान,
खेतमा उब्जाऊ खोजिरहेछन्
साहित्यकार,
शब्दभित्र भावना खोजिरहेछन्
दुवै कृषक !
एउटा कृषकले खेतमा भविश्य चुन्दैछन्
अर्को कृषकले कलममा जीवन चुन्दैछन्
दुवै आविष्कारक् !
मानौ,
एउटै सिक्काका दुई पाटा !
कृषक देशको प्राण
साहित्यकार देशको धड्कन्
कृषक नहुँदो हो त
देशलाई रूगा मार्की र खोकी लाग्नेथ्यो
साहित्य नहुँदो हो त
मातृभाषा, हैंजाहरूको चपेटमा पर्नेथ्यो
यी दुई वस्तु
राष्ट्र र समाजको मूल धन्
जीवन र भोगाईको गाड्धन्
जीवको जीवन हो कृषक
साहित्यको –ज्योति हो साहित्यकार
बौद्धिक्ता छ
सार्थक्ता छ
समानता छ
दुवै विध्युत्छायाचित्रक !!
वि.सं.२०७७ चैत २१ शनिवार ०५:५० मा प्रकाशित





























