२१ चैत्र, काठमाडौँ । जनता समाजवादी दल(जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले प्रमुख प्रतिपक्षी कांग्रेसको प्रतिपक्षीय धर्म निभाउने संकेत सराहनीय भएको बताएका छन् ।
नेता डा भट्टराईले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको शुक्रबारको केन्द्रीय समिति बैठकले आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णयको सराहाना गर्दै अरु प्रतिपक्षी दलहरुले पनि आफ्नो कर्तव्य भूल्न नहुने सामाजिक सञ्जाल टिव्टरमार्फत आह्वान गरेका छन् ।
दलहरुको आ–आफ्नो एजेण्डा भएपनि देश,जनता र लोकतन्त्रको आवश्यकता सबैभन्दा माथि हुने भन्दै उनले अहिलेको प्राथमिकता भनेको ओलिको बिदाई भएको कुरामा जोड दिएका छन् ।
“अन्ततः प्रमुख प्रतिपक्षी कांग्रेसको प्रतिपक्षीय धर्म निभाउने संकेत सराहनीय छ।अरू प्रतिपक्षी दलले पनि आफ्नो कर्तव्य नभुलौं। आ–आफ्ना दलका फरक एजेण्डा हुन्छन् तर ती सबै भन्दामाथि देश, जनता र लोकतन्त्रको आवस्यकता र प्राथमिकता हुन्छ। आजको दिनमा मुख्य प्राथमिकता भष्मासुर ओलीको विदाइ नै हो है ।, टिव्टरमा लेखेका छन् ।