back
CTIZAN AD

वडा अध्यक्ष गौतमद्धारा पर्खाल निर्माणको शुभारम्भ

वि.सं.२०७७ चैत २१ शनिवार

744 

shares

२१ चैत्र, काठमाडौँ । काठमाण्डौ जिल्ला नागार्जुन नगरपालीका वडा न ७ का वडा अध्यक्ष रमेश प्रसाद गौतमले गत साउनमा बाढीद्वारा भत्कीएको पर्खाल पुननिर्माण कार्यको शुभारम्भ गरेका छन् ।

नागार्जुन ७ मनमति करीडोरमा स्थापित देउराली टोल सुधार समिति र नागार्जुन नगरपालीकाको ५० ५० प्रतिशतमा संझौता भएको सो २१ मिटर लामो पर्खालको पुननिर्माण कार्य शनिवार बिहान शुरु गरिएको हो ।

शुभारम्भका अवसरमा अध्यक्ष गौतमले जग्गाधनी र टोलवासीहरुको सक्रियता र क्रियाशिलताले नै बिकास हुने हो भन्दै मिलेर सहकार्य गर्न वडा र पालिका संधै तत्पर रहेको बताएका थिए । सो टोलका अध्यक्ष बाबुराम खनालले उक्त पर्खाल निर्माणसँगै खोल्सातर्फ ह्यूम पाइप जडान, पहिरोबाट जग्गा संरक्षण एवम् बाटो ग्राभेलिङ गर्ने कार्य क्रमशः प्राथमिकतामा पारी सो टोलका विविध समस्यालाई सामूहिक रुपमा समाधानको प्रयास गर्ने बताएका छन ।

टोल सुधारका सचिव प्रेम बिष्टले १२ लाखको इष्टिमेटमा उपभोक्ताहरुले ६ लाख र नगरपालीकाले ६ लाख ब्यबस्था गरेको बताए भने अनुगमन समितिका संयोजक प्रदिप रेग्मीले पालीकाबाट बिपद् सहयोग थपिने आशा ब्यक्त गरे ।

समितिका कोषाध्यक्ष सबिता अधिकारी घिमीरेका अनुसार वाल निर्माण तथा बाटो सुचारु कार्य गर्न बढी प्रभावित, प्रभावित र सामान्य प्रभावित गरी निर्माण सहयोग अभियान चलाइरहेकोले देउराली टोल सुधार समिति (कामना सेवा विकास बैंक खाता नं १२५१४१००३९०३१२०००००१) को खातामा रकम जम्मा प्रक्रिया चलिरहेको छ । समितिका उपाध्यक्ष अनिल गुरुंगका अनुसार सो टोल समिति नागार्जुन नगरपालीका ( नगरपालिका दर्ता नं. १३/०७७/७८ ) मा दर्ता रहेको छ ।

 

 

वि.सं.२०७७ चैत २१ शनिवार १२:३९ मा प्रकाशित

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

काठमाडौँ, २३ जेठ – सामाजिक सुरक्षा कोषमा यही जेठ २० गतेसम्म...

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

काठमाडौँ, २३ जेठ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा...

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...