back
CTIZAN AD

कर्मचारीमाथि चोरीको आरोप, अनिश्चितकालीन कामकाज बन्द

वि.सं.२०७७ चैत २३ सोमवार

693 

shares

२३ चैत्र, दमौली । तनहुँको भानु नगरपालिकाका कर्मचारीले आजदेखि अनिश्चितकालका लागि कामकाज बन्द गरेका छन् । कार्यालयको काममा खटिरहेको बेला जनप्रतिनिधिको रोहवरमा केही व्यक्तिहरुले कार्यालयको सामान चोरी गरेको झुटो आरोप लगाएपछि नगरपालिकाका कर्मचारीले कामकाज बन्द गरेका हुन् ।

नगरपालिकाका सम्पूर्ण कर्मचारीले आज प्रेस विज्ञप्ति जारी गर्दै कर्मचारीको आवश्यक सुरक्षाको प्रत्याभूति र सुरक्षित तवरले काम गर्ने वातावरण सिर्जना नभएसम्म काम पुनः सञ्चालन नगरिने जनाएका छन् ।

चैत २० गते काम गरिरहँदा केही व्यक्तिहरुले कार्यालयको सामान चोरी गरेको जस्तो झुटो आरोप लगाई प्रहरीलाई खबर गरी प्रहरी सहितको टोलीले डरधम्की दिई जबर्जस्ती मुचुल्कामा सही छाप गर्न लगाएको विज्ञप्तिमा उल्लेख गरिएको छ । “कर्मचारीलाई प्रहरी हिरासतमा राख्ने जस्ता निन्दनीय र अपमानजनक क्रियाकलाप भएको प्रति सम्पूर्ण कर्मचारी मर्माहत छौँ”, विज्ञप्तिमा भनिएको छ ।

वि.सं.२०७७ चैत २३ सोमवार ०८:२० मा प्रकाशित

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

नारायणगढ (चितवन) । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

महोत्तरी । महोत्तरीका स्थानीय तहले एकपछि अर्को गर्दै पछिल्लो साता...