
२३ चैत, काठमाडौं । प्रतिनिधिसभाको सभाको सातौ अधिबेशनको सातौ बैठक आज दिउँसो १ बजे बस्ने भएको छ ।
संसद सचिवालयका अनुसार आज बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तीसौं बार्षिक प्रतिवेदन पेश गर्ने रहेका छ ।
त्यस्तै सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाहले सार्वजनिक लेखा समितिको बार्षिक प्रतिवेदन पेश गर्ने रहेको छ भने राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति शशी श्रेष्ठले ‘संघीय निजामति सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ ।