back
CTIZAN AD

सांसद कँडेलको गोकुल बाँस्कोटालाई जवाफ ‘जस्ता गुरु, त्यस्तै चेला’

वि.सं.२०७७ चैत २३ सोमवार

777 

shares

३ चैत, काठमाण्डौ । प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले नेकपा एमालेका सांसद गोकुल बाँस्कोटालाई ‘जस्ता गुरु, त्यस्तै चेला’ भन्दै घोचपेच गरेका छन् । उनीभन्दा पहिला बोलेका बास्कोटाले सरकारले गरेको काम नदेखेको भन्दै काम नदेख्ने कसरी सांसद बनेको भनि विपक्षि दलका सांसदहरुलाई प्रश्न गरेपछि उनले जवाफमा यस्तो भनेका थिए ।

विशेष समयमा बोल्नुभएका कँडेलले सुरुमै बाँस्कोटातर्फ लक्षित गरेर भने, ‘जस्ता गुरु, त्यस्तै चेला ।’ त्यसपछि कँडेलले २०७४ सालको चुनाव प्रचारको क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवालाई कांग्रेसको अन्तिम प्रधानमन्त्री भन्दै कार्यकर्तालाई समवेदना दिएको स्मरण गरेका थिए ।

उनले प्रधानमन्त्रीलाईनै लक्षित गर्दै देशको प्रधानमन्त्री भइसकेको व्यक्ति र पार्टीको अध्यक्ष जस्तो पदमा बसेर के बोल्ने, के नबोल्ने भन्ने कुरा ओलीलाई ज्ञान नभएको पनि बताए ।

उनले ओलीको व्यवहारका कारण उनका साथमा रहेका सबैले साथ छोड्दै गएको पनि बताए । ‘पछिल्लो समयमा ओलीका अभिव्यक्ति सुन्ने हो भने हामी आफैलाई लाज लाग्छ, ओलीका यस्तै अभिव्यक्तिले गर्दा उहाँसँगै लडेका कैयौँ साथीले छाडिसके, आफ्नै साथीलाई उहाँले पन्छाउनुभएको छ, कुर्सी छाड्नुपर्ने हो कि भन्ने पीडाले उहाँलाई सताएको छ, गोरखामा उहाँले शेरबहादुर देउवालाई जे भन्नुभएको थियो, त्यही शब्दमा हामीले भन्ने हो भने, सायद एमालेको अन्तिम प्रधानमन्त्री केपी ओली नै हुन् ।’

वि.सं.२०७७ चैत २३ सोमवार १७:१० मा प्रकाशित

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

काठमाडौँ, २३ जेठ – सामाजिक सुरक्षा कोषमा यही जेठ २० गतेसम्म...

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

काठमाडौँ, २३ जेठ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा...

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...