-->
Logo
१४ असार २०७९, मंगलवार
     Tue Jun 28 2022
E-paper
  English Edition
   Unicode
Logo

‘प्रदूषण खतरनाक मन्द बिष हो ख्याल गरौं’



पछिल्लो समय प्रदूषण कहाली लाग्दो अवस्थामा पुगेको छ । यो छिट्टै हट्न संकेत नदेखिएकाले तत्कालका लागि यसको असरबाट बच्न केही काम गर्न आवस्यक रहेको जनस्वास्थ्यविद् डा.रविन्द्र पाण्डे बताउँछन् ।

यस्तो छ डा. पाण्डेको सुझाव
प्रदुषण फेरि कहालीलाग्दो अवस्थामा पुगेको छ । यो छिट्टै हट्ने संकेत देखिएको छैन । कति राजनीतिका कुरा मात्र गर्ने ? प्रदुषण बिकराल भएको अवस्थामा अल्पकालीन रणनीतिमा सक्रिय तथा सधै दीर्घकालीन रणनीतिमा क्रियाशील हुनुको बिकल्प छैन । प्रदुषण खतरनाक मन्द बिष हो हाम्रा बालबालिका, जेष्ठ नागरिक तथा दीर्घबिरामीलाई प्रदूषणले दिन प्रतिदिन अस्वस्थ बनाइरहेको छ ।
.
अहिलेको प्रदूषण हटाउनको लागि यी थोरै काम तत्काल गर्न सम्भव छ ।
– जोर \बिजोर सवारीसाधन संचालन
– वर्क फ्रम होम
– हप्तामा २ दिन बिदा
– महिनाको एकपटक ‘भेहिकल होली डे’ को ब्यबस्था
– अनलाइन प्रणालीको भरपुर उपयोग
– पोलिथिन प्रयोगमा निषेध
– फोहोरलगायत अन्य बस्तु जलाउन निषेध
– आगालागी गर्नेलाई कडा कारबाही
– ट्राफिक प्रहरी सक्रिय भएर शंकास्पद हरेक सवारी साधानको सडकमै प्रदूषण जांच अनि प्रदूषणमा फेल भएका सवारीसाधनमा जरिवाना
– इट्टाभट्टा लगायत प्रदुषण बढाउने कारखाना स्थानान्तरण
– अभियानको रुपमा सरसफाई र वृक्षारोपण
.
यो खालको प्रदुषणले
– मुटु र फोक्सोलाई बिरामी बनाउँछ ।
– मुटु र फोक्सोलाई धपेडी गराउँछ ।
– स्वाश्प्रश्वास प्रणालीका कोष नष्ट गर्छ ।
– दम, ब्रोंकाइटिस तथा क्यान्सर गराउँछ ।
– मुटु, फोक्सो तथा मष्तिस्कजन्य दीर्घरोगले मृत्यु गराउँछ ।
– फोक्सोको क्यान्सर हुन्छ ।
– फोक्सो ड्यामेज गराउँछ ।
– मानसिक समस्या निम्त्याउँछ ।
– गर्भवती, सुत्केरी तथा शिशुलाई निकै असर गर्छ ।
– आयु घटाउँछ । आदि !!

सकभर घरभित्र बसौं । बाहिर जाँदा चस्मा, मास्क, लाम्बाहुले कपडा, सनस्क्रिन लोसन तथा स्यानिताइजरको प्रयोग गरौँ !


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा