
२४ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको राजनीति आफ्नो एजेन्डाभन्दा बाहिर नगएको बताएका छन् । मंगलबार रुकुम जाने क्रममा नेपालगञ्ज विमानस्थलमा सञ्चारकर्मीहरुसँगको अन्तरक्रियामा उनले हालको एजेण्ड ओली सरकार विस्थापन र नयाँ सरकार गठन रहेको जानकारी दिए ।
उनले नया सरकार निर्माणका लागि दलहरुबीच छलफल भइरहेको पनि जानकारी दिए । उनले नेपालको राजनीति आफ्नो एजेन्डाभन्दा बाहिर नगएको बताए ।उनले भने, ‘अहिले पनि नेपालको राजनीति हाम्रो एजेन्डाभन्दा बाहिर गएको छैन ।’
प्रचण्डले सरकार परिवर्तन सँगै अबको आफ्नो संकल्प भनेको पार्टी सुदृढ गर्दै लैजाने रहेको उनले बताए ।