
२५ चैत, काठमाडौं । पछिल्ला केहि दिनमा कोरोना संक्रमण बढ्दै गएपछि स्वास्थ्य मन्त्रालयले त्यसतर्फ थप शतर्कता अपनाउन थालेको छ ।
छिमेकी देश भारत लगायतका देशमा दिनहुँ लाख बढी कोरोना संक्रमित थपिन थालेपछि विभिन्न नाकामा डेस्क राखेर कोरोना रोकथामका लागि काम गरिरहेको सरकारले बुधबार नौ बुँदे निर्णय जारी गर्दै रात्रिकालिन रेष्टुरेण्टहरु नौ बजेभित्रमा बन्द गर्न अनुरोध गरेको हो ।
त्यस्तै काठमाडौं, पोखरा लगायतका ठूला शहरमा विद्यालय जाने उमेर समूहमा पनि संक्रमण बढ्दो रहेकोले सम्पूर्ण शैक्षिक संस्थाहरुमा संक्रमणको उच्च शतर्कता अपनाउन पनि अनुरोध गरेको छ ।
यस्तो छ नौ बुँदे निर्णयको पूर्ण विवरण