
२५ चैत, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी गरिएको ४ हजार १०० नमुना परीक्षणमा २९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा गरिएको १४० एन्टिजेन परीक्षणमा ४१ जना संक्रमित भएको पाइएको छ ।
आज भक्तपुरमा ५, ललितपुरमा २६ र काठमाडौंमा १३२ जना गरी उपत्यकामा १६३ जनामा संक्रमण पुष्टि भएको छ ।
आज थपिएका २९८ जनासँगै नेपालमा कोरोना संक्रमितको कूलसंख्या २ लाख ७८ हजार ७६८ पुगेको छ ।
त्यसैगरी आज देशैभरी ७४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ७४ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कूलसंख्या २ लाख ७३ हजार ५२९ पुगेको छ । निको हुनेको यो दर ९८.१ प्रतिशत हो ।
मन्त्रालयका अनुसार आइसीयुमा उपचार गराउनेको संख्या ६५ रहेको छ भने १३ जना भेन्टिलेटरमा उपचाररत छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट २ जनाको निधन भएको छ । पछिल्ला २४ घण्टामा निधन भएका २ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार ३८ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै देशैभरी सक्रिय संक्रमितको संख्या २,२०१ रहेको छ ती मध्ये संस्थागत आइसोलेसनमा ४६० जना र होम आइसोलेसनमा १७४१ जना रहेका छन् । साथै क्वारेन्टिनमा रहनेको संख्या ६५ रहेको छ ।
त्यसैगरी हालसम्म पिसीआर प्रविधिबाट २२ लाख ९८ हजार १६७ कोरोनाका नमुना परीक्षण गरिएको छ ।
पछिल्लो २४ घण्टामा थपिए देशैभरी २६० कोरोना संक्रमित, ११३ जना निको