back
CTIZAN AD

४१०० नमुना परीक्षणमा २९८ जनामा कोरोना संक्रमण, २ जनाको निधन

वि.सं.२०७७ चैत २५ बुधवार

645 

shares

२५ चैत, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी गरिएको ४ हजार १०० नमुना परीक्षणमा २९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा गरिएको १४० एन्टिजेन परीक्षणमा ४१ जना संक्रमित भएको पाइएको छ ।

आज भक्तपुरमा ५, ललितपुरमा २६ र काठमाडौंमा १३२ जना गरी उपत्यकामा १६३ जनामा संक्रमण पुष्टि भएको छ ।
आज थपिएका २९८ जनासँगै नेपालमा कोरोना संक्रमितको कूलसंख्या २ लाख ७८ हजार ७६८ पुगेको छ ।

त्यसैगरी आज देशैभरी ७४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ७४ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कूलसंख्या २ लाख ७३ हजार ५२९ पुगेको छ । निको हुनेको यो दर ९८.१ प्रतिशत हो ।

मन्त्रालयका अनुसार आइसीयुमा उपचार गराउनेको संख्या ६५ रहेको छ भने १३ जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट २ जनाको निधन भएको छ । पछिल्ला २४ घण्टामा निधन भएका २ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार ३८ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै देशैभरी सक्रिय संक्रमितको संख्या २,२०१ रहेको छ ती मध्ये संस्थागत आइसोलेसनमा ४६० जना र होम आइसोलेसनमा १७४१ जना रहेका छन् । साथै क्वारेन्टिनमा रहनेको संख्या ६५ रहेको छ ।

त्यसैगरी हालसम्म पिसीआर प्रविधिबाट २२ लाख ९८ हजार १६७ कोरोनाका नमुना परीक्षण गरिएको छ ।

पछिल्लो २४ घण्टामा थपिए देशैभरी २६० कोरोना संक्रमित, ११३ जना निको

वि.सं.२०७७ चैत २५ बुधवार १७:३६ मा प्रकाशित

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

नारायणगढ (चितवन) । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

महोत्तरी । महोत्तरीका स्थानीय तहले एकपछि अर्को गर्दै पछिल्लो साता...