back
CTIZAN AD

गृहमन्त्रालयद्वारा सहसचिव, प्रजिअ र उपसचिवहरुको पदस्थापन र सरुवा (हेर्नुहोस् को कहाँ ?)

वि.सं.२०७७ चैत २६ बिहीवार

795 

shares

काठमाडौँ । #Home_Ministry_Nepal: सरकारले सहसचिव, प्रमुख जिल्ला अधिकारी र उपसचिवहरुको पदस्थापन र सरुवा गरेको छ ।

चैत २६ को गृहमन्त्रीस्तरीय निर्णयअनुसार विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी, मन्त्रालयका सहसचिव तथा उपसचिव गरी २६ कर्मचारीको सरुवा गरिएको हो ।

गृहमन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई अध्यागमन विभागको महानिर्देशकमा सरुवा भएका छन् । सहसचिव शिवराम गेलाललाई बाँकेको प्रजिअ, धर्मेन्द्र मिश्रलाई नवलपरासी पश्चिमको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ ।

अर्का सहसचिव सुशील वैद्यलाई अध्यागमन कार्यालय त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल काठमाडौँ, होमप्रसाद लुईंटेललाई लमजुङको प्रजिअ, अनिता निरौला र विश्वप्रकाश अर्याललाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यालयमा सरुवा गरिएको छ ।

सहसचिव राजेन्द्रदेव पाण्डेलाई बैतडी, नवराज सापकोटालाई रोल्पा, सुनिल खनाललाई डोटी, भरतमणि पाण्डेलाई मकवानपुरको प्रमुख जिल्ला अधिकारीमा, जर्नादन गौतमलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यलय रुपन्देही सरुवा गरिएको छ ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाललाई गृह मन्त्रालयमा ल्याइएको छ । नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकलाई गृह मन्त्रालयमा ल्याइएको छ ।

हेर्नुहोस् सरुवा तथा पदस्थापन भएका कर्मचारीहरुको सूची :

 

वि.सं.२०७७ चैत २६ बिहीवार २०:३६ मा प्रकाशित

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

नारायणगढ (चितवन) । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

महोत्तरी । महोत्तरीका स्थानीय तहले एकपछि अर्को गर्दै पछिल्लो साता...