२६ चैत्र, काठमाडौँ ।#Nepali_Congress : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठनका लागि तीन दलको बैठक बोलाएका छन्।
सभापति देउवाले शुक्रबार दिउँसो ३ बजे पार्टी कार्यालय सानेपामा जनता समाजवादी पार्टी (जसपा) र नेकपा (माओवादी केन्द्र)सँगको बैठक बोलाएका हुन्।
सरकार गठनबारे दलहरुबीच अन्यौलताकाे स्थिति बनिरहेको बेला सो बैठकबाट नयाँ सरकार गठन प्रक्रियाका लागि वातावरण बन्ने अपेक्षा गरिएको छ ।
यसैबीच भोलि शुक्रबारका लागि बोलाइएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सरेको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार चैत २७ गतेलाई बोलाइएको बैठक चैत ३० गतेका लागि सारिएको हो ।