back
CTIZAN AD

सरकारको काम देखेर धेरै प्रेसर नबढाउनुस् : नेता बस्नेत

वि.सं.२०७७ चैत २६ बिहीवार

753 

shares

२६ चैत, काठमाडौं । एमाले सांसद महेश बस्नेतले प्रतिपक्ष दलका नेताहरुलाई सरकारले गरेको काम देखेर प्रेसर नबढाउन आग्रह गरेका छन् । उनले कांग्रेसका सांसद गगन थापालाई प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिएर बालहठ प्रदर्शन नगर्न समेत सुझाव दिए ।

बिहिबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै नेता बस्नेतले सरकारको काम देखेर विपक्षी दलका नेताको प्रेसर बढेको बताए । गगन थापा प्रति इङकित गर्दै बालहठ देखाएर प्रधानमन्त्रीसँग च्यालेन्ज नगर्न पनि भनेका थिए । उनी अगि बोल्दै थापाले प्रधानमन्त्री ओलीलाई उद्घाटनको तमासा छाडेर कति विकास भयो छुट्टै बसेर बहस गर्न चुनौती दिएका थिए ।

सांसद बस्नेतले २०७४ सालको चुनावमा एमालेलाई जनताले बहुमत दिएको र कांग्रेसले प्रत्यक्षमा २३ सिट मात्र जितेर समानुपातिकबाट ६३ सिट ल्याएकाले आफ्नो हैसियत नभुल्न पनि आग्रह गरे ।

उनले सकेसाथ दिन र नसके बालहठ त्याग्न सुझाव दिदै भने, ‘प्रधानमन्त्रीलाई चुनौती दिएर बालहठ गर्ने कांग्रेसका साथीहरुलाई म के भन्न चाहन्छु भने यो बोकाको शैलीले दाई गरिँदैन दाई गर्नका लागि गोरुकै शैली चाहिन्छ । अहिले प्रतिनिधिसभामा सबैभन्दा ठूलो दलको हैसियतमा नेकपा एमालेले प्रतिनिधित्व गर्छ । प्रधानमन्त्रीले ल्याएका योजनाहरुलाई सके सहयोग गरौँ नसके वस्तुनिष्ठ ढंगले विश्लेषण गरौँ ।’

वि.सं.२०७७ चैत २६ बिहीवार १७:१६ मा प्रकाशित

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

नारायणगढ (चितवन) । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

महोत्तरी । महोत्तरीका स्थानीय तहले एकपछि अर्को गर्दै पछिल्लो साता...