back
CTIZAN AD

फेरि विद्यालय बन्द गरेर अनलाईनमार्फत पठनपाठन गराउने सरकारको तयारी

वि.सं.२०७७ चैत २७ शुक्रवार

681 

shares

२७ चैत्र, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले फेरि विद्यालय बन्द गरेर अनलाइनमार्फत पठनपाठन गराउनेबारे सोचिरहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले विद्यालयमा संक्रमण वृद्धि भएकाले विद्यालय बन्द गराएर अनलाइनमार्फत पठनपाठन गराउनेबारे पनि मन्त्रालयले सोचिरहेको जानकारी दिएका हुन्।

काठमाडौं र पोखरा लगायतका ठूला सहरमा रहेका विद्यालयमा संक्रमण वृद्धि भएकाले उच्च सतर्कता अपनाउन पनि स्वास्थ्य राज्यमन्त्री रावतले सुझाव दिएका छन् ।उनले अहिले नै मुलुकभर लकडाउन आवश्यक नदेखिएको पनि उल्लेख गरेका छन् । उनले लकडाउन कोरोना भाइरस नियन्त्रणको अचुक उपाय नभएकाले देशमा अहिले नै लकडाउन नगरिने बताउदैं सबैले भाइरसबाट बच्न उच्च सर्तकता भने अपनाउनुपर्ने उल्लेख गरेका छन् ।

स्वास्थ्य राज्यमन्त्री रावतले मातहतका निकायसहित मन्त्रालय कोरोनाको रोकथाम र नियन्त्रण गर्न काम गरिरहेको उल्लेख गरे ।उनले अहिले छिमेकी भारतमा कारोनाको दोस्रो लहर निकै बढेकाले सीमानाकामा कडाई गरिएको जानकारी दिए ।

स्वास्थ्य राज्यमन्त्री रावतले कोरोनाको संक्रमण नेपालमा फेरि उकालो लागेकाले सार्वजनिक स्थानमा मास्कको अनिवार्य प्रयोग गर्न तथा स्वास्थ्य मापदण्ड अपनाउन आम नागरिकहरुलाई आग्रहसमेत गरेका छन्। कोरोनाको बेलायती भेरिएन्ट नेपालमा फैलने क्रम बढेको भन्दै सरकारले जनस्वास्थ्यका मापदण्डमा कडाइ गर्न निर्देशन दिएको उनले बताएका छन्।

वि.सं.२०७७ चैत २७ शुक्रवार ०८:१९ मा प्रकाशित

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

नारायणगढ (चितवन) । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

महोत्तरी । महोत्तरीका स्थानीय तहले एकपछि अर्को गर्दै पछिल्लो साता...