back
CTIZAN AD

राष्ट्रिय जनमोर्चाको अध्यक्षमा पुन: चित्रबहादुर केसी

वि.सं.२०७७ चैत २७ शुक्रवार

1.3K 

shares

२७ चैत्र, काठमाडौँ । निरन्तर राष्ट्रिय जनमोर्चाको नेतृत्व गर्दै आएका चित्रबहादुर केसी पुनः अध्यक्षमा भएका छन् । बुटवलमा चैत २४ देखि २६ सम्म सम्पन्न चौथो राष्ट्रिय केसी पुनः अध्यक्षमा निर्वाचित भएका हुन् । सन् १९३४ मा बागलुङमा जन्मिएका  ८७ वर्षका केसीले लगातार राष्ट्रिय जनमोर्चा नेतृत्व सम्हाल्दै आएका छन् ।

सम्मेलनले केसीको अध्यक्षतामा ३७ पूर्ण र १० वैकल्पिक गरी ४७ सदस्यीय समिति चयन गरेको छ । सम्मेलनले राजनीतिक प्रतिवेदन, विधान संशोधन, घोषणा पत्र तथा आर्थिक प्रतिवेदन पारित गर्दै चार वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको हो ।

सम्मेलनबाट कार्यकारि अध्यक्षमा रश्मिराज नेपाली, उपाध्यक्षमा जनकराज शर्मा र दुर्गा पौडेल निर्वाचित  भएका छन् भने मनोज भट्ट महासचिवमा, सचिवमा हिमलाल पुरी र कोषाध्यक्षमा मधु क्षेत्री निर्वाचित भएका छन् । उपाध्यक्ष दुर्गा पौडेललाई प्रवक्ताको समेत जिम्मेवारी दिइएको छ ।

सदस्यहरुमा शंकर वराल, कृष्ण थापा, कृष्णबहादुर खड्का, रत्नविक्रम प्यासी राना, तारा थापा, नन्दराज भट्ट, डम्मर पुरी, लालबहादुर जाग्री, सोमकुमार कार्की, कमला जिसी, राजेन्द्र ढुङ्गना, लालबहादुर थापा, घनश्याम न्यौपाने, झविलाल थापा, पियारी थापा, इन्दिरा ज्ञवाली, यमलाल पोख्रेल, मञ्जु परियार, लक्ष्मी केसी, सुधा शर्मा, दिलबहादुर दर्जी, देवि शर्मा, भागरथि भट्टराई,दिपक पाण्डे, नारायण जिसी, पद्मा पण्डित, चन्द्रा परियार, लिलादेवि शर्मा, रामकुमार क्षेत्री, कल्याणि श्रेष्ठ रहेका छन् ।

त्यस्तै वैकल्पिक सदस्यहरूमा गिरीप्रसाद बुढा, गौरिश्वर पाण्डे, धर्मानन्द सुवेदी, चिन्तामणि पौडेल, हेमकुमार गुरुङ, अमृत पाण्डे, गणेश आचार्य, कमलबिक्रम शाही, उदयनारायण चौधरी, सुवर्णबिक्रम थापालाई चयन गरिएकाे छ।

सम्मेलनले बद्रे आलम, अमर थापा, लोकेन्द्र लम्साल, काजिलाल वाईवा, दधिराम आचार्य, सागर केसी देवजंग शाहि, मोहनमणि ढकाल, मोमिना खातुन, रामबहादुर फुँयाल, बेदिलाल सापकोटा र खगा रानालाई सल्लाहकार समितिमा चयन गरेको छ।

तस्विर: शिव पन्थिको फेसबुकबाट

 

वि.सं.२०७७ चैत २७ शुक्रवार १४:२९ मा प्रकाशित

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

काठमाडौँ, २३ जेठ – सामाजिक सुरक्षा कोषमा यही जेठ २० गतेसम्म...

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

काठमाडौँ, २३ जेठ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा...

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...