back

राष्ट्रिय जनमोर्चाको अध्यक्षमा पुन: चित्रबहादुर केसी

वि.सं.२०७७ चैत २७ शुक्रवार

273 

shares
NTC AD
Global IME AD

२७ चैत्र, काठमाडौँ । निरन्तर राष्ट्रिय जनमोर्चाको नेतृत्व गर्दै आएका चित्रबहादुर केसी पुनः अध्यक्षमा भएका छन् । बुटवलमा चैत २४ देखि २६ सम्म सम्पन्न चौथो राष्ट्रिय केसी पुनः अध्यक्षमा निर्वाचित भएका हुन् । सन् १९३४ मा बागलुङमा जन्मिएका  ८७ वर्षका केसीले लगातार राष्ट्रिय जनमोर्चा नेतृत्व सम्हाल्दै आएका छन् ।

सम्मेलनले केसीको अध्यक्षतामा ३७ पूर्ण र १० वैकल्पिक गरी ४७ सदस्यीय समिति चयन गरेको छ । सम्मेलनले राजनीतिक प्रतिवेदन, विधान संशोधन, घोषणा पत्र तथा आर्थिक प्रतिवेदन पारित गर्दै चार वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको हो ।

सम्मेलनबाट कार्यकारि अध्यक्षमा रश्मिराज नेपाली, उपाध्यक्षमा जनकराज शर्मा र दुर्गा पौडेल निर्वाचित  भएका छन् भने मनोज भट्ट महासचिवमा, सचिवमा हिमलाल पुरी र कोषाध्यक्षमा मधु क्षेत्री निर्वाचित भएका छन् । उपाध्यक्ष दुर्गा पौडेललाई प्रवक्ताको समेत जिम्मेवारी दिइएको छ ।

सदस्यहरुमा शंकर वराल, कृष्ण थापा, कृष्णबहादुर खड्का, रत्नविक्रम प्यासी राना, तारा थापा, नन्दराज भट्ट, डम्मर पुरी, लालबहादुर जाग्री, सोमकुमार कार्की, कमला जिसी, राजेन्द्र ढुङ्गना, लालबहादुर थापा, घनश्याम न्यौपाने, झविलाल थापा, पियारी थापा, इन्दिरा ज्ञवाली, यमलाल पोख्रेल, मञ्जु परियार, लक्ष्मी केसी, सुधा शर्मा, दिलबहादुर दर्जी, देवि शर्मा, भागरथि भट्टराई,दिपक पाण्डे, नारायण जिसी, पद्मा पण्डित, चन्द्रा परियार, लिलादेवि शर्मा, रामकुमार क्षेत्री, कल्याणि श्रेष्ठ रहेका छन् ।

त्यस्तै वैकल्पिक सदस्यहरूमा गिरीप्रसाद बुढा, गौरिश्वर पाण्डे, धर्मानन्द सुवेदी, चिन्तामणि पौडेल, हेमकुमार गुरुङ, अमृत पाण्डे, गणेश आचार्य, कमलबिक्रम शाही, उदयनारायण चौधरी, सुवर्णबिक्रम थापालाई चयन गरिएकाे छ।

सम्मेलनले बद्रे आलम, अमर थापा, लोकेन्द्र लम्साल, काजिलाल वाईवा, दधिराम आचार्य, सागर केसी देवजंग शाहि, मोहनमणि ढकाल, मोमिना खातुन, रामबहादुर फुँयाल, बेदिलाल सापकोटा र खगा रानालाई सल्लाहकार समितिमा चयन गरेको छ।

तस्विर: शिव पन्थिको फेसबुकबाट

 

वि.सं.२०७७ चैत २७ शुक्रवार १४:२९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
जलवायु परिवर्तनको असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

जलवायु परिवर्तनको असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको...

निरन्तर सुनको मूल्यले नयाँ रेकर्ड ब्रेक गर्दै, आज २१ सयले बढ्यो

निरन्तर सुनको मूल्यले नयाँ रेकर्ड ब्रेक गर्दै, आज २१ सयले बढ्यो

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु दुई हजार...

चीनको ‘जिडिआइ’ बाट नेपालले प्रसस्त लाभ लिनसक्छ : उपाध्यक्ष पौडेल

चीनको ‘जिडिआइ’ बाट नेपालले प्रसस्त लाभ लिनसक्छ : उपाध्यक्ष पौडेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले...

महिला सशक्तीकरणको प्रमुख आधार आर्थिक सवलीकरण हो : प्रधानमन्त्री ‘प्रचण्ड’

महिला सशक्तीकरणको प्रमुख आधार आर्थिक सवलीकरण हो : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख...

स्नातक छोरीबुहारीलाई नगरपालिकामा रोजगारी

स्नातक छोरीबुहारीलाई नगरपालिकामा रोजगारी

इलाम । सूर्योदय नगरपालिका–१ बाङ्गीनकी स्वस्तिका शाहलाई निःशुल्क छात्रवृत्तिमा स्नातक...

तीन वर्षदेखि सुनसान अध्यागमन कार्यालय

तीन वर्षदेखि सुनसान अध्यागमन कार्यालय

नेपालगञ्ज । बाँकेको जमुनाह नाकामा रहेको अध्यागमन कार्यालय करिब तीन...