back
CTIZAN AD

स्वतन्त्र गजल

वि.सं.२०७७ चैत २८ शनिवार

690 

shares

मायाको अर्थ समर्पण रहेछ ।
सौन्दर्य केवल आवरण रहेछ ।

उषा मख्ख पार्ने उज्यालो रविको,
कहीँ दूर क्षितिजमा तनमन रहेछ ।

स्वतन्त्र उडेँ व्योममा चुम्न खोज्दै,
खस्यो चङ्गा धागोमा अल्झन रहेछ ।

टलक्कै थिए लाख तारा गगनमा,
फगत चाँदनीको आकर्षण रहेछ ।

सयौँ चोट आफैँ सहन गर्न सक्ने,
सबैको अचानो यो गर्धन रहेछ ।

वि.सं.२०७७ चैत २८ शनिवार ०६:३२ मा प्रकाशित

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

घोराही, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल : ललितपुर हिमाल हाँस्दा मोतीका दाना...

सुसेली : प्रकृति

सुसेली : प्रकृति

बिपी लामिछाने दमक, झापा १. राखौं भरेर प्रकृतिको मायामा रक्षा...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...

गजल

गजल

राजेन्द्रकुमार वज्राचार्य कोटेश्वर , काठमाडौँ पीडा भयो मान्दा प्रथा, यस्तै...

गजल

गजल

विदुर अधिकारी,चितवन गाउँबाट नै आइयो सहर किन्तु मतलबी देखियो सहर...