मायाको अर्थ समर्पण रहेछ ।
सौन्दर्य केवल आवरण रहेछ ।
उषा मख्ख पार्ने उज्यालो रविको,
कहीँ दूर क्षितिजमा तनमन रहेछ ।
स्वतन्त्र उडेँ व्योममा चुम्न खोज्दै,
खस्यो चङ्गा धागोमा अल्झन रहेछ ।
टलक्कै थिए लाख तारा गगनमा,
फगत चाँदनीको आकर्षण रहेछ ।
सयौँ चोट आफैँ सहन गर्न सक्ने,
सबैको अचानो यो गर्धन रहेछ ।
वि.सं.२०७७ चैत २८ शनिवार ०६:३२ मा प्रकाशित





























