
१
भन्नलाई भने पनि हेर्दैनन् कोहि
असल चरीत्रनै मान्छेको सुन्दरता हो
आदर्श, नैतिक्तालाई टेर्दैनन् कोहि ।।
२
आज समाज कस्तो हुन्थ्यो होला
अनुहारमा व्यबहार पनि झल्किने भए
दुखेर पिडा को रुन्थ्यो होला ।।
३
कस्को मनमा के चल्दैछ आज
छाया हेर्दै थाहा पाउछु भन्छन कोहि
को कस्को रिसले जल्दैछ आज ।।
४
स्तब्ध हुन्छ यो मन अनायासै
अतित बर्तमानमा झल्किन्छ जब
भारी हुन्छ यो पन अनायासै ।।
५
नङ र मासुको सम्बन्ध जस्तो
कोपिला साहित्य सर्जक र सृजनाको
आँखा र आशुको सम्बन्ध जस्तो ।