back
CTIZAN AD

पाँच मुक्तक

वि.सं.२०७७ चैत २८ शनिवार

708 

shares

१.
मनको क्रोध भ्रमलाई भगाउन जान्यो भने
सन्तुष्टिको फूलमाला लगाउन जान्यो भने
जिन्दगी त्यसै सप्रिनेछ र सुवास छाउनेछ
मेहेनतको खोला सधैँ बगाउन जान्यो भने

२.
तिमीमा छुट्टै घमण्ड स्वार्थ अनि डाह थियो
मलाई भने ‘म’ जस्तै बन्ने निकै चाह थियो
तिमीले उचाल्न खोज्यौ तर प्रिय मान्दिनँ म
कारण हावामा उफ्रने पछारिन्छ थाह थियो

३.
लक्ष्यमा सधैँ केन्द्रित हुने स्थिर मन बनाउने छु
देख्दा सबैले डाह गरोस् यस्तो जीवन बनाउने छु
हिँड्ने छु म अनवरत, अँध्यारा गन्तव्य छिचोलेर
अनुभूति, अनुभवलाई आफ्नो साधन बनाउने छु

४.
खप्न मुस्किल पीडा छन् तिमीले सानो नसम्झिनु
आद्र छन् यी परेला तिमीले ओभानो नसम्झिनु
समयको चक्रव्यूहमा परि हामीले टाढा हुनु पर्यो
प्रिय तिमी मनमा नैं छ्यौ कतै विरानो नसम्झिनु

५.
आश्वासनका राँको बाल्नु हुन्छ धेरै
उद्रिएको विचारलाई टाल्नु हुन्छ धेरै
बुझ्दै छु हजुरका विज्ञानका कुरा मैले
सुन बनाउन फलाम गाल्नु हुन्छ धेरै

वि.सं.२०७७ चैत २८ शनिवार ०६:३५ मा प्रकाशित

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

घोराही, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल : ललितपुर हिमाल हाँस्दा मोतीका दाना...

सुसेली : प्रकृति

सुसेली : प्रकृति

बिपी लामिछाने दमक, झापा १. राखौं भरेर प्रकृतिको मायामा रक्षा...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...

गजल

गजल

राजेन्द्रकुमार वज्राचार्य कोटेश्वर , काठमाडौँ पीडा भयो मान्दा प्रथा, यस्तै...

गजल

गजल

विदुर अधिकारी,चितवन गाउँबाट नै आइयो सहर किन्तु मतलबी देखियो सहर...