back
CTIZAN AD

कविता: थियटरमा हेर्दै नाटक

वि.सं.२०७७ चैत २८ शनिवार

804 

shares

हुनुपर्ने म अंगरक्षक हिटलरको
भएको भए के गर्दो हुँ
उन्ले सुसाइड गर्दा

हुँदो हुँ त म मुसोलिनीको सल्लाहकार
उन्को लाशलाई हेरेर के गर्दो हुँ
निन्दा वा प्रेम

म इदी अमीनको छाया हुन्थें भने
मानवताको कसाई
के गर्न सक्थें
आफैले सुसाइड नोट लेख्थें
आफ्नै टाउको गायब गर्थे

हुन नसकेको मुअम्मर अल गद्दापी
मेरो साथी भन्छ
मलाई गोली नहान
कर्नल गद्दापी

सद्दाम हुसैन
जस्लाई फाँसी दिँदा सैनिक नै रोए
बल्ल त्यहाँ सूर्य उदायो
दशकौंदेखि नअस्ताएको शनि ग्रह

स्टालिनको छोरी आईन
र भनिन कुलनाम नै त्यागिदिएँ
जब सत्य थाहा पाएँ
अचेल बस्तीमा स्टालिनको महिमा खण्डन भइरहेछ

मुगाबे, मुबारक र किम जोंग इल सम्बन्धी नाटक
थिएटरमा एक्लै हेर्दै थिएँ
उनीहरुका पत्नी बीचैमा आईपुगेर
मेरो आँखा छोपिदिए ।

जब ग्रेट लीफ फरवर्ड र कल्चरल रिवोल्युशन चलाए
उस्का कारण
२ करोड मानिस भोकमरीमा मरे
कारण माओत्से तुँग

* हैवानियतको हद पार गरेर
मानवताको शर्मनाक स्थितिमा पुर्याउने शौख
भए झैँ लाग्छ
मानवताको सिकार गरेर ।

* हैवानियत–पशु जस्तै क्रुर÷अमानवीय ।

 

वि.सं.२०७७ चैत २८ शनिवार ०६:३७ मा प्रकाशित

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

घोराही, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल : ललितपुर हिमाल हाँस्दा मोतीका दाना...

सुसेली : प्रकृति

सुसेली : प्रकृति

बिपी लामिछाने दमक, झापा १. राखौं भरेर प्रकृतिको मायामा रक्षा...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...

गजल

गजल

राजेन्द्रकुमार वज्राचार्य कोटेश्वर , काठमाडौँ पीडा भयो मान्दा प्रथा, यस्तै...

गजल

गजल

विदुर अधिकारी,चितवन गाउँबाट नै आइयो सहर किन्तु मतलबी देखियो सहर...