back
CTIZAN AD

पाँच मुक्तक

वि.सं.२०७७ चैत २८ शनिवार

852 

shares

१.
वासन्ती वय मस्केर ओर्लिन् आज धराभरि
छप्पै सौन्दर्य पस्केर ओर्लिन् आज धराभरि !
जादूझैँ फक्रदै सत्य फूलमा ढुल्मुलाउँछिन्
भाग्छिन् शिशिर ठस्केर ओर्लिन् आज धराभरि !!

२.
प्रेमका पगरी छौ क्वै ? आओ साथ म हिड्दछु
मान्छे ! मानवता छौ क्वै ?लाओ साथ म हिड्दछु !
एक्लो गम्भीरता आफै भेटे मस्कन्छु मस्मस
काला छौ,म त्यता हुन्न जाओ साथ म हिड्दछु !!

३.
वास्ना मग्मगमा आइन् प्रेयसी हुन लायक
मोहनी दिलमा छाइन् प्रेयसी हुन लायक !
नाटके स्वाङमा गर्छन् हाउभाउ यता कति
एकै झलकमै पाइन् प्रेयसी हुन लायक !!

४.
परेलीमा चुहेको छ विन्दु सुन्दर शीतको
दिलभित्र वहेको छ सिन्दु सुन्दर शीतको !
सृष्टि सारा यिनैबाट चलेको छ चराचर
मान्छे हुन्छ सफा नित्य इन्दु सुन्दर शीतको !!

५.
फूलमा फूलकै थुङ्गा काँडामा भै यता कडा
फाँडिन्छन् यी जटाजुट जङ्गल छन् कता कडा !
यात्रा अनन्तमा पुग्न खुल्छन् बाटाहरू सबै
अप्ठेरा सजिलै बन्छन् छन् सामुमा जता कडा

वि.सं.२०७७ चैत २८ शनिवार ०६:३८ मा प्रकाशित

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

घोराही, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल : ललितपुर हिमाल हाँस्दा मोतीका दाना...

सुसेली : प्रकृति

सुसेली : प्रकृति

बिपी लामिछाने दमक, झापा १. राखौं भरेर प्रकृतिको मायामा रक्षा...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...

गजल

गजल

राजेन्द्रकुमार वज्राचार्य कोटेश्वर , काठमाडौँ पीडा भयो मान्दा प्रथा, यस्तै...

गजल

गजल

विदुर अधिकारी,चितवन गाउँबाट नै आइयो सहर किन्तु मतलबी देखियो सहर...