आज फेरि
समयले यौटा प्रश्न सोध्यो
अझै के के छन् बाँकी रहरहरू
मैले भने
मेरो छाती भित्र
पीडाका कयौं ननिस्किएका खिलहरू छन्
आफै दुख्छन्
दुखाइरहन्छन्
तर हरपल हाँसेर पीडा पिएको छु
मलाई
पीडा र खुसीको मझधारमा जीवन हेर्नु छ
एउटै बोटमा
कहिले फूल कहिले काँडा देखेपछि
काँडाहरूको माझमा फुल्ने फूलले
काँडा नहुँदा पनि
दृश्टि पुग्ने बित्तिकै किन कोतर्छन
नमेटिने घाउ मुटुमा
बुझ्ने रहर छ
मलाई फूलको जीवन बाँच्ने रहर छ
बुझ्नु छ
फूलका परागहरूमा
मैरीका सुँड गाडिदाको पीडा र खुसीको मझधार
जन्मनु छ,
फूलको गर्भमा कोपिला भएर
मुस्कुराउनु छ कमलो हृदयको संसारमा
हेर्नु छ
स्वार्थिहरूको समाजमा
मलाई आज देखेर जलाउने तम्सनेहरू
त्यो दिन
श्पर्स गर्छन् की आँखा चिम्लन्छन्
बिहानको कलिलो घाम किन
किन पिउँछ शीतलाई
किन पलपल फरक हुन्छ
जीवनमा खुसीको राप र ताप
खुसी आँसु र पीडाको त्रिवेणीमा उभिएर
मलाई फूल भएर हाँस्न मन छ
म
हाँस्दाहाँस्दै झर्नु सकौं
हाँस्दै हाँस्दै मर्न सकौं
मृत्युको फिटिक्कै पीडाबोध नहोस्
हाँगाबाट
पारीजात जसरी झरे पनि
भुईँबाट उठाउने हातहरू हुन्
हो तिनै हातहरूको माझमा
अन्तिमपल हाँस्दै हाँस्दै
देवताका पाउमा पुग्न सकौं
पत्र पत्र च्यातिएर
पीडाहरू सेलाउन सकौं
फूलका पत्र चुँडिएपछि
बाँकी रहेको कङ्काल हृदयमा
गिर्खा बनेका खिलहरू बाँझो बारीमा खसुन
मलाई फूलको जीवन बाँच्ने रहर छ
बुझ्नु छ
फूलका परागहरूमा
मैरीका सुँड गाडिदाको पीडा र खुसीको मझधार
जन्मनु छ,
फूलको गर्भमा कोपिला भएर
मुस्कुराउनु छ कमलो हृदयको संसारमा
हेर्नु छ
स्वार्थिहरूको समाजमा
मलाई आज देखेर जलाउने तम्सनेहरू
त्यो दिन
श्पर्स गर्छन् की आँखा चिम्लन्छन्