back
CTIZAN AD

कविता: रहर ज्युँनुको

वि.सं.२०७७ चैत २८ शनिवार

1.8K 

shares

आज फेरि
समयले यौटा प्रश्न सोध्यो
अझै के के छन् बाँकी रहरहरू

मैले भने
मेरो छाती भित्र
पीडाका कयौं ननिस्किएका खिलहरू छन्
आफै दुख्छन्
दुखाइरहन्छन्
तर हरपल हाँसेर पीडा पिएको छु
मलाई
पीडा र खुसीको मझधारमा जीवन हेर्नु छ

एउटै बोटमा
कहिले फूल कहिले काँडा देखेपछि
काँडाहरूको माझमा फुल्ने फूलले
काँडा नहुँदा पनि
दृश्टि पुग्ने बित्तिकै किन कोतर्छन
नमेटिने घाउ मुटुमा
बुझ्ने रहर छ

मलाई फूलको जीवन बाँच्ने रहर छ
बुझ्नु छ
फूलका परागहरूमा
मैरीका सुँड गाडिदाको पीडा र खुसीको मझधार
जन्मनु छ,
फूलको गर्भमा कोपिला भएर
मुस्कुराउनु छ कमलो हृदयको संसारमा
हेर्नु छ
स्वार्थिहरूको समाजमा
मलाई आज देखेर जलाउने तम्सनेहरू
त्यो दिन
श्पर्स गर्छन् की आँखा चिम्लन्छन्

बिहानको कलिलो घाम किन
किन पिउँछ शीतलाई
किन पलपल फरक हुन्छ
जीवनमा खुसीको राप र ताप

खुसी आँसु र पीडाको त्रिवेणीमा उभिएर
मलाई फूल भएर हाँस्न मन छ

हाँस्दाहाँस्दै झर्नु सकौं
हाँस्दै हाँस्दै मर्न सकौं
मृत्युको फिटिक्कै पीडाबोध नहोस्

हाँगाबाट
पारीजात जसरी झरे पनि
भुईँबाट उठाउने हातहरू हुन्
हो तिनै हातहरूको माझमा
अन्तिमपल हाँस्दै हाँस्दै
देवताका पाउमा पुग्न सकौं
पत्र पत्र च्यातिएर
पीडाहरू सेलाउन सकौं
फूलका पत्र चुँडिएपछि
बाँकी रहेको कङ्काल हृदयमा
गिर्खा बनेका खिलहरू बाँझो बारीमा खसुन

मलाई फूलको जीवन बाँच्ने रहर छ
बुझ्नु छ
फूलका परागहरूमा
मैरीका सुँड गाडिदाको पीडा र खुसीको मझधार
जन्मनु छ,
फूलको गर्भमा कोपिला भएर
मुस्कुराउनु छ कमलो हृदयको संसारमा
हेर्नु छ
स्वार्थिहरूको समाजमा
मलाई आज देखेर जलाउने तम्सनेहरू
त्यो दिन
श्पर्स गर्छन् की आँखा चिम्लन्छन्

वि.सं.२०७७ चैत २८ शनिवार ०६:४२ मा प्रकाशित

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

घोराही, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल : ललितपुर हिमाल हाँस्दा मोतीका दाना...

सुसेली : प्रकृति

सुसेली : प्रकृति

बिपी लामिछाने दमक, झापा १. राखौं भरेर प्रकृतिको मायामा रक्षा...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...

गजल

गजल

राजेन्द्रकुमार वज्राचार्य कोटेश्वर , काठमाडौँ पीडा भयो मान्दा प्रथा, यस्तै...

गजल

गजल

विदुर अधिकारी,चितवन गाउँबाट नै आइयो सहर किन्तु मतलबी देखियो सहर...