back
CTIZAN AD

कविता: मेरो चाहना

वि.सं.२०७७ चैत २८ शनिवार

2.5K 

shares

सूर्यको सुनौलो किरण भई
जगतमा प्रकाश दिन चाहन्छु
रातको जुनेली छायाँ भई
शितलताको मायाँ गाँस्न चाहन्छु ।

एकान्त वनमा फुलेर फक्रन चाहन्छु
घरमा फुल्ने फूल भई माया पाउँन चाहन्छु
सर्वत्र र सिक्को
आँगन आँगनमा रमाउँन चाहन्छु ।

देश विदेश
विश्वले चिन्न सक्ने हुन चाहन्छु
आफ्नो परम्परा र संस्कृति लाई मौलाउन चाहन्छु
मेरो स्वतन्त्र सधै भरि सत्य बनाउन चाहन्छु ।

कविको कलम भई
मनको व्यथा पोख्न चाहन्छु
राष्ट्रको प्रखर खुकुरी भई बैरी नास्न चाहन्छु
आफ्नो देश र जाति प्रति
प्राणनै अर्पण गर्न चाहन्छु ।

कवि भई कवितामा हराउन चाहन्छु
कविताको मर्म भित्रसम्म पस्न चाहन्छु
नाला खोला नदी समुन्द्र भई बग्न चाहन्छु
सिमसिम पानी परेको
सिर्सिरे हावामा सुनसान भई बस्न चाहन्छु ।

जूनेली रात्रीको जून संगै बसेर
आफ्नो मायालाई पर्खिन चाहन्छु
तिमी बान प्राण त्याग्छु भन्नेलाई
बाटो कुरि बस्न चाहन्छु ।

सत्य मार्गको दिग्दर्शनगर्ने लाई
सानो भए पनि
लाज र हिनता त्यागेर स्वीकार्न चाहन्छु
गन्तव्यमा पुराउनेलाई सदमित्र मान्न चाहन्छु
नेपाल आमाकि छोरी हुँ भनेर
विश्व नेपालीलाई चिनाउन चाहन्छु ।

 

 

वि.सं.२०७७ चैत २८ शनिवार ०६:४६ मा प्रकाशित

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

घोराही, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल : ललितपुर हिमाल हाँस्दा मोतीका दाना...

सुसेली : प्रकृति

सुसेली : प्रकृति

बिपी लामिछाने दमक, झापा १. राखौं भरेर प्रकृतिको मायामा रक्षा...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...

गजल

गजल

राजेन्द्रकुमार वज्राचार्य कोटेश्वर , काठमाडौँ पीडा भयो मान्दा प्रथा, यस्तै...

गजल

गजल

विदुर अधिकारी,चितवन गाउँबाट नै आइयो सहर किन्तु मतलबी देखियो सहर...