back
CTIZAN AD

पत्रकार महासंघको अध्यक्षमा विपुल पोख्रेल निर्वाचित, ३ हजार बढीको मतान्तर

वि.सं.२०७७ चैत २८ शनिवार

747 

shares

२८ चैत्र, काठमाडौँ । नेपाल पत्रकार महासंघको केन्द्रीय अध्यक्षमा विपुल पोख्रेल निर्वाचित भएका छन् ।

शनिबार अपराह्न सकिएको मतगणना परिणाम अनुसार पोख्रेलले प्रगतिशील, समावेशी र राष्ट्रियता प्रतिबद्ध व्यावसायिक पत्रकार प्यानलकी निर्मला शर्मालाई ३०२७ मतान्तरले पराजित गरेका हुन् । अध्यक्ष पोख्रेलले ६९४२ प्राप्त गर्दा प्रतिद्वन्द्वी रहेकी शर्माले ३९१५ मत प्राप्त गरेकी छन् ।

नेपाली कांग्रेस निकट प्रेस युनियन नेपाल, नेकपा माओवादी केन्द्र निकट प्रेस संगठन नेपाल र नेकपा एमालेको माधव नेपाल समूह निकट प्रेस चौतारीसहित ११ संगठनको गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका पोख्रेल नेतृत्वको संयुक्त प्यानल नै विजयी बनेको हो ।

वरिष्ठ उपाध्यक्षमा पोखरेल प्यानलबाट रमेश विष्ट विजयी भएका छन् । त्यस्तै महिला उपाध्यक्षमा बाला अधिकारी, समावेशी उपाध्यक्षमा उदय जिएम निर्वाचित भएका छन् । महासचिवमा रोशन पुरी आएका छन् ।

खुला सचिवमा गोविन्द्रप्रसाद चौलागाईं, महिला सचिवमा सिर्जना अर्याल शर्मा, आदिवासी जनजातितर्फ सचिवमा नारायण सुन्दर किलम्बू, सचिव मधेसीतर्फ दीपेन्द्र चौहान, सचिव दलिततर्फ हेमकर्ण विक, सचिव एशोसिएट पवन आचार्य निर्वाचित भएका छन् भने कोषाध्यक्षमा कलेन्द्र सेजुवाल निर्वाचित भएका छन् ।

यस्तै लेखा समिति संयोजकमा लेखनाथ न्यौपाने र खुल्ला सदस्यमा छविलाल तिवारी, वासुदेव शर्मा(बविन शर्मा), माधव पौडेल, रमेश खतिवडा, शिवराज खत्री रहेका छने भने सरिता तिम्सिना (खस आर्य), सञ्चकुमारी लामा तामाङ (आदिवासी जनजाति महिला), ललिताकुमारी साह (मधेसी), शान्ति आङबुहाङ (आदिवासी जनजाति), सरिता बराइली (महिला–दलित), भीषण राई (आदिवासी जनजाति), खुमकुमारी लामा तामाङ(आदिवासी जनजाति महिला), प्रकाश धौलाकोटी(दलित), राधा नेपाली(दलित महिला), सुभाषप्रसाद साह (मधेसी),रिंकु कुमारी मिश्र(मधेसी महिला), नविन रिजाल(अपाङ्गता), इफ्तर हसन(अल्पसंख्यक), मुकुन्द प्रसाद भण्डारी(लेखा समिति सदस्य खुला) र देवी सापकोटा(लेखा समिति सदस्य महिला) निर्वाचित भएका छन् ।

यही चैत २५ गते देशभरका सबै जिल्ला, प्रदेश, प्रतिष्ठान र एसोसिट्स गरी एकै पटक मतदान भएको थियो। पोख्रेल नेपाली कांग्रेस निकट प्रेस युनियन नेपाल, नेकपा माओवादी केन्द्र निकट प्रेस संगठन नेपाल र नेकपा एमालेको माधव नेपाल समूह निकट प्रेस चौतारीसहित ११ संगठनको गठबन्धनको तर्फबाट उम्मेदवार बनेका थिए ।

एमालेको ओली समूह निकट प्रेस चौतारीले जनता समाजवादी पार्टीसम्वद्ध प्रेस मञ्च, विप्लव समर्थित जनपत्रकार संघसहित ९ वटा संघसँग मिलेर निर्मला शर्मालाई अध्यक्षको उम्मेदवार बनाएको थियो । गजेन्द्र बुढाथोकीले पनि अध्यक्षमा उम्मेदवारी दिएका थिए । महासंघकै इतिहासमा पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत भएको थियो ।
तस्विरः बाला अधिकारीको फेसबुकबाट

वि.सं.२०७७ चैत २८ शनिवार १७:५६ मा प्रकाशित

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय...

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

सुरेश झा,जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स...

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...