back
CTIZAN AD

सोसाइटी फर नेप्लिज डाक्टर्स अफ बंगलादेशको कार्यसमिति घोषणा, अध्यक्ष बने डा. दिनेश कोइराला

वि.सं.२०७७ चैत २८ शनिवार

1K 

shares

२८ चैत्र, काठमाडौँ । बंगलादेशबाट चिकित्सा शिक्षा अध्ययन गरी नेपाल फर्किएका नेपाली चिकित्सकहरूको संगठन ‘सोसाइटी फर नेप्लिज डाक्टर्स अफ बंगलादेश’को केन्द्रीय कार्यकारी समिति घोषणा गरिएको छ ।

नेपाल मेडिकल एशोसिएसनका पूर्वअध्यक्ष डा. अनिलकुमार झाको प्रमुख आतिथ्यता तथा धरानमा कार्यरत अर्थोपेडिक सर्जन प्रो.डा. पशुपति चौधरीको विशेष उपस्थितिमा शुक्रबार एशोसिएसनको कार्यालय बागबजारमा सम्पन्न एक भेलाले डा. दिनेश कोइरालाको अध्यक्षतामा कार्यसमिति घोषणा गरेको हो ।

संस्थापक डा राकेश शाहले डा कोइरालाको नेतृत्वमा कार्यसमिति घोषणा गरेका थिए । डा. कोइराला त्रिभुवन विश्वविद्यालय टिचिङ अस्प्तालमा ३ वर्षदेखि पेडियाट्रिक सर्जनका रुपमा कार्यरत छन् ।

कार्यसमितिको उपाध्यक्षमा डा. विश्व पोखरेल(कार्डियो थ्रोरिक एण्ड भासकुलर सर्जन), डा. ललित कुमार दास(जिआई एण्ड लिभर ट्रान्सप्लान्ट सर्जन) र डा. रिता कुमारी महासेठ(रेडियो अनक्लोजिस्ट) रहेका छन् ।

डा मुकेशप्रसाद साह(ग्याष्ट्रो एन्ट्रोलोजिस्ट) महासचिवमा चयन गरिएका छन् भने डा. सन्तोष मानन्धर सहसचिव रहेका छन् ।

त्यस्तै डा. शुभ श्रेष्ठ(गाइनोलोजिष्ट), कोषाध्यक्ष र डा मिथिलेश यादव सहकोषाध्यक्ष रहेका छन् ।

प्रमुख संपादकमा डा अमरेश कर्ण र सदस्यमा डा शिवा थकाली, डा. बसन्त बराल, डा. निराजन साह, डा अर्चना श्रेष्ठ यादव, डा. रितेश घिमिरे, डा. अमृता श्रेष्ठ, डा. नेहल असरफ, डा. उपसना शर्मा र डा. पिंकी साह रहेका छन् । संस्थापक डा राकेश साहका अनुसार उनीहरुलाई संस्थाको विभिन्न संयोजनको जिम्मेवारी पनि दिइएको छ ।

प्रमुख अतिथि डा झाले कार्यसमितिलाई बधाई दिँदै कार्यकाल सफलताको शुभकामना व्यक्त गरे । सो अवसरमा डा. रवि रोशन खड्का, डा. सुनिल मारिक, डा. प्रकाश पञ्जियार, डा. सन्जित कुमार साह, डा. शिरिस सिलवाल, डा. सुलभ कार्की र डा सञ्जय गुप्ताको समेत उपस्थिति रहेको थियो ।

संस्थापक डा साहका अनुसार संस्था स्थापनाबारे आठ वर्ष अघि नै सोच बनाइएको हो । उनका अनुसार बंगलादेशबाट एमबिबिएस, बिडिएस, एमडि, एमएस र एमडिएस गरी फिर्किएकाहरुलाई फेसबुकमा गु्रप तथा पेज बनाएर निरन्तर सम्पर्कमा रहने र एकापसमा सहयोग गर्ने काम भैरहेको थियो । संस्थापक साह समितिको अन्तर्राष्ट्रिय मामिला संयोजकको समेत जिम्मेवारीमा छन् ।

डा. साह हालैमात्र एमबिबिएस र एमएस गरी फर्किएका हुन् । विश्वमा रहेका नेपाली विद्यार्थीहरुको संस्था WNSO को बंगलादेश शाखाका संस्थापक अध्यक्ष समेत रहेका साहले बंगलादेशमा अध्ययन गरिरहेका नेपाली विद्यार्थीहरुलाई सहयोग गर्दै आएका छन् ।

बंगलादेशबाट स्नातक गरेका सबै नपाली डाक्टरहरूका लागि साझा मंच बनाउन आफ्नो सपना रहेको र त्यसको सुरुवात भएको उनले बताए । उनले संस्था स्थापनाका लागि प्रेरणा प्रदान गर्ने तथा सहयोग गर्ने डा अमरेश कर्ण, डा. राजेश शाह, डा. संजीत कुमार शाह, डा. शुवा श्रेष्ठ, डा. सागर लम्साल, डा. दीपक कुमार यादव र नेपाल मेडिकल एशोसिएसनका अध्यक्ष डा. लोचन कार्कीप्रति पनि हार्दिक आभार व्यक्त गरेका छन् ।

संस्था स्थापना गर्नु अघि बंगलादेशबाटै अध्ययन गरी फर्किएकाडा.भगवान कोइराला, डा भोला रिजाल, डा आरपी चौधरी, डा विश्वराज दवाडी, डा यमादावा तथा अन्य वरिष्ठ डाक्टरसँग  समेत सल्लाह गरिएको जानकारी दिँदै डा साह संस्थाले लिएको उद्देश्य पुरा गर्न आगामी दिनमा पनि सबै डाक्टरहरुको समर्थन आवश्यक रहेकोमा जोड दिएका छन् । उनले सबैलाई संस्थामा जोडिन र संस्थालाई अझ उचाईमा पु¥याउन अनुरोध समेत गरेका छन् ।

बंगलादेशबाट अध्ययन गरी फर्किएका डाक्टरहरु संगठित

वि.सं.२०७७ चैत २८ शनिवार १७:३९ मा प्रकाशित

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

काठमाडौँ, २३ जेठ – सामाजिक सुरक्षा कोषमा यही जेठ २० गतेसम्म...

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

काठमाडौँ, २३ जेठ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा...

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...