back

सिरहामा गोली लागेर श्रीमानको मृत्यु, श्रीमती घाइते

वि.सं.२०७७ चैत २९ आइतवार

333 

shares
GLOBAL IME AD
NTC AD

२९ चैत, लहान । लुटेरा समूहले गए राति सिरहाको लहान नगरपालिकामा सुनचाँदी पसल सञ्चालकको गोली हानी हत्या गरेका छन् । लुटपाट गर्ने उद्देश्यले आएका लुटेरा समूहले लहान–२२ निवासी ३८ वर्षीय प्रदीप विश्वकर्माको गोली हानी हत्या गरेका हुन् ।

सो क्रममा मृतक प्रदीपकी श्रीमती अमृता विश्वकर्मा घाइते भएको र उनका लहानस्थित सप्तऋषि अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मध्यराति आएका समूहले विश्वकर्मा दम्पती सुतिरहेको घरको ढोका फुटाएर सामान लुटपाट गर्न खोज्दा प्रतिकार गर्दा सो समूहले विश्वकर्माको गोली हानी हत्या गरेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक तपनकुमार दाहालले जानकारी दिए ।

गोली हानी हत्या गरिएका विश्वकर्मा वडाध्यक्ष कन्हैया गुप्ताको घरमा सुनचाँदी पसल सञ्चाल गर्दै आएका थिए । घटनालगत्तै पुगेको प्रहरी टोलीले घटना गरेर भाग्दै गरेको अवस्थामा लहान नगरपालिका–७ निवासी रामकृष्ण चौधरी र सुरेशकुमार सहनीलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक दाहालले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको उनका भनाइ छ ।

बम विस्फोटमा संलग्न थप एक पक्राउ

सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम विस्फोट गराएको आरोपमा सिरहा प्रहरीले आज बिहान थप एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा लक्ष्मीपुर पतारी गाउँपालिका–३ लवकाटोल निवासी २० वर्षीय गुडु भन्ने रामजतन मुखिया रहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले लहान–१ लोकतन्त्रचोकबाट मुखियालाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक तपनकुमार दाहालले जानकारी दिए ।

एक कर्मचारीसहित आठ घाइते हुने गरी यही चैत १ गते भएको प्रेसर कुकर बम विस्फोटमा संलग्न रहेको आरोपमा सिरहाको सुखीपुर नगरपालिका–५ निवासी २५ वर्षीय रामरिझन यादव र लक्ष्मीपुर निवासी २६ वर्षीय अभिमन्यू गिरीलाई पक्राउ गरेको थियो । बम विस्फोटको जिम्मा घटनाकै दिन तराई जनतान्त्रिक मुक्तिमोर्चा गोइत समूहले लिएको थियो ।
रासस

वि.सं.२०७७ चैत २९ आइतवार ०८:५२ मा प्रकाशित

आफैलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

आफैलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विपद् व्यवस्थापन गुल्ममा कार्यरत आफैँले...

महाराष्ट्र रेल दुर्घटनामा निधन हुनेको नेपालीको पहिचान खुल्यो

महाराष्ट्र रेल दुर्घटनामा निधन हुनेको नेपालीको पहिचान खुल्यो

काठमाडौँ । भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा परी निधन भएका...

शीतलहरका कारण समस्यामा दलित मुसहर परिवार

शीतलहरका कारण समस्यामा दलित मुसहर परिवार

सिंगबहादुर थापा, बरहथवा (सर्लाही) । चिसो र शीतलहरको जोखिममा यहाँका...

सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’ शीघ्र विकास र सुशासनका लागि सरकार तल्लीनः प्रधानमन्त्री

सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’ शीघ्र विकास र सुशासनका लागि सरकार तल्लीनः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘भर्चुअल’ माध्यमको उपस्थितिमा सिद्धबाबा...

हर्क साम्पाङको अख्तियारलाई चेतावनी : पानी माग्न त्यहीँ आउनुपर्ला नि फेरि !

हर्क साम्पाङको अख्तियारलाई चेतावनी : पानी माग्न त्यहीँ आउनुपर्ला नि फेरि !

काठमाडौँ । अख्तियारले प्रश्न सोधेपछि धरान उप-महानगरपालिकाका प्रमुख हर्कराज राईले...

नेपाल र पाकिस्तानबीच आर्थिक क्षेत्रमा सहकार्य बढाउन आवश्यक

नेपाल र पाकिस्तानबीच आर्थिक क्षेत्रमा सहकार्य बढाउन आवश्यक

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल र...