back
CTIZAN AD

भारतमा कोरोनाले दिनहुँ नयाँ रेर्कड राख्दै गएपछि दिल्ली सरकारले गर्यो यस्तो निर्णय

वि.सं.२०७७ चैत २९ आइतवार

666 

shares

२९ चैत, दिल्ली । भारतमा कोरोना संक्रमणले प्रत्येक दिन नयाँ रेर्कड कायम गर्दै गएको छ ।

भारतमा शनिबार १ लाख ५२र ५६५ जना कोरोना संक्रमित थपिएका छन् । साथै ८३८ जनाको निधन भएको छ । शनिबार ९० हजार ३२८ जना कोरोना संक्रमणबाट मुक्त भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा सक्रिय संक्रमितको संख्या ११ लाख २ हजार ३७० रहेको छ ।

दिल्लीले गर्यो यस्तो निर्णय
दिल्लीमा कोरोना संक्रमण बढेसँगै पुनः कडा नियम लागु गरिएको छ । दिल्ली सरकारले ३० अप्रिल सम्मका लागि अन्तिम संस्कारमा २० जना र विहेमा ५० जनाभन्दा बढी सहभागी हुन नपाइने निर्देशन जारी गरेको छ ।

त्यस्तै रेष्टुरेण्ट तथा बारहरुले आफ्नो क्षमता भन्दा कम ५० प्रतिशत मात्र ग्राहक राख्न पाउनेछन् । मेट्रो तथा बसमा पनि ५० प्रतिशत भन्दा बढी यात्रु राख्न नपाइने भएको छन् भने सिनेमा घरहरुले पनि क्षमता भन्दा ५० प्रतिशत कम दर्शक राख्न पाउने निर्देशन जारी गरिएको छ ।

दिल्ली प्रशासनले प्लेनबाट यात्रा गर्ने यात्रुहरुलाई ७२ घण्टा अघि गरिएको र्यापिड टेष्ट रिर्पोट नेगेटिभ देखाउनुपर्ने बताएको छ भने महाराष्ट्रबाट आउने यात्रुले विना परीक्षण आएको पाइएमा १४ दिन क्वारेन्टिनमा राख्ने पनि जनाएको छ ।

त्यस्तै खेलकूद, मनोरन्जन, सांस्कृतिक तथा धार्मिक पर्वमा जमघट हुन रोक लगाइएको छ भने स्विमिङ पूल बन्द रहने छन् । तर जुन स्विमिङ पुलमा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरुले प्रतिश्प्रर्धामा भाग लिएका ती भने खुल्ने बताइएको छ ।

त्यस्तै स्टेडियममा खेलकुद तथा विभिन्न इभेन्ट गर्नका लागि दिइने तर दर्शक सहभागी हुन नपाइने बताइएको छ ।

दिल्लीमा शनिबार ७ हजार ८९७ नयाँ कोरोना संक्रमित थपिएका छन् भने ३९ जनाको निधन भएको छ । दिल्लीमा ७ लाख १४ हजारमा कोरोना संक्रमण भइसकेको छ भने ६ लाख ७४ हजार जना निको भइसकेका छन् ।

दिल्लीमा हालसम्म ११ हजार २३५ जनाले ज्यान गुमाइसकेका छन् भने २८ हजार ७७३ जना सक्रिय संक्रमितको उपचार भइरहेको छ ।

त्यस्तै सबैभन्दा संक्रमित थपिनेमा महाराष्ट्र रहेको छ । महाराष्ट्रमा शनिबार ५५ हजार ४११ जना संक्रमित थपिएका छन् भने ३०९ जनाको निधन भएको छ । साथै शनिबार संक्रमित मध्ये ५३ हजार ५ नाम निको भएका छन् ।

महाराष्ट्रमा कोरोनाबाट संक्रमित हुनेको कूलसंख्या ३३ लाख ४३ हजार रहेको छ । ती मध्ये २७ लाख ४८ हजार सक्रिय संक्रमित रहेका छन् । ५ लाख २६ हजारको उपचार भइरहेको बताइएको छ ।

महाराष्ट्रमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५७ हजार ६३८ पुगेको पनि त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

वि.सं.२०७७ चैत २९ आइतवार ०९:३९ मा प्रकाशित

मतदाता सूची विवादबीच पश्चिम बङ्गालमा मतदान सुरु

मतदाता सूची विवादबीच पश्चिम बङ्गालमा मतदान सुरु

कोलकाता । लाखौँ मतदाताको नाम सूचीबाट हटाइएको विवादबीच भारतको पश्चिम...

बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ

बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ

लन्डन  । बेलायतले भविष्यका पुस्तालाई धूम्रपानबाट जोगाउने लक्ष्यसहित चुरोट खरिदमै...

लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु

लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु

इजरायल । लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) र अल जजिराले...

१४ महिनापछि स्वदेश फर्कियो २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट

१४ महिनापछि स्वदेश फर्कियो २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट

बुखारेस्ट । गत वर्ष नेदरल्यान्ड्सको एक सङ्ग्रहालयबाट चोरी भएको दुई...

युक्रेनमा रूसी आक्रमण, १४ जनाको मृत्यु

युक्रेनमा रूसी आक्रमण, १४ जनाको मृत्यु

युक्रेन । युक्रेनमा भएको पछिल्लो रूसी आक्रमणमा परी कम्तिमा १४...